चीनसँगको विवादित सीमा क्षेत्रमा भारतले खटायो ६ हजार गोरखाली सैनिक

चीनसँगको विवादित सीमा क्षेत्र डोकलाममा भारतले गोर्खा सैनिक खटाएको छ । केही सातादेखि चीनभारतबीच जारी विवादित सीमा क्षेत्र सिक्किमको डोकलाममा भारतले ६ हजार गोर्खा सैनिक खटाएको हो ।

सरकारले निर्णय गरेर नै ६ हजार गोरखा रेजिमेन्टका जवान डोकलाममा खटाईएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले ६ हजार गोरखा रेजिमेन्ट खटाएपछि जवानहरुले समेत चीनलाई डोकलाम क्षेत्रबाट हट्न भनेका छन् ।

एक महिनादेखि सिक्किम क्षेत्रको डोकलाममा जारी सैन्य गतिविधिमाथि चीनका पूर्व राजदूतले भारतसँग अब तीन वटा विकल्प मात्र रहेको बताएका थिए । उनले डोकलामबाट भारतीय सेना हट्नुपर्ने पहिलो विकल्प रहेको बताएका थिए । त्यस्तै आफ्नो सेना फिर्ता नगर्ने भए भूमि कब्जा गर्न वा चीनसँग लड्न तयार रहन अर्को विकल्प अघि सारेका थिए ।

डोकलम क्षेत्रमा आफ्नो प्रभाव कायम राख्न चीनले समेत अत्याधुनिक हतियारसहितको चिनिया जनमुक्ति सेना तिब्बत तर्फ पठाईसकेको छ । चीनले उक्त भूमी आफ्नो रहेको बताउँदै त्यो क्षेत्रमा सडक विस्तार गर्दै आएको थियो ।

भुटानले भने उक्त क्षेत्र आफ्नो रहेको दाबी गर्दै सहयोग गरिदिन भारतसँग आग्रह गरेको थियो । भुटानको आग्रह बमोजिम भारतले चीनसँग वादविवाद गरिरहेको हो । एजेन्सी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।