प्रधानमन्त्री देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरे, १९ मन्त्रीद्वारा शपथ

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात), मीनबहादुर विश्वकर्मा (वाणिज्य) र महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) रहनुभएको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट गिरिराजमणि पोखरेल (स्वास्थ्य), टेकबहादुर बस्नेत (सामान्य), शिवकुमार मण्डल (आपूर्ति), महेन्द्रबहादुर शाही (ऊर्जा) र आशा कोइराला (महिला, बालबालिका तथा समाज कल्याण), सन्तकुमार थारु (पशुपक्षी विकास), नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव (संस्कृति, पर्यटन तथा नागरिक उडड्यन), गोपाल दहित (भूमि सुधार तथा व्यवस्था) र नेकपा (संयुक्त) बाट मिथिला चौधरी (जनसंख्या तथा वातावरण) हुनुहुन्छ ।

उद्योग, वन, विज्ञान र शान्ति तथा पुनःनिर्माण मन्त्रालय प्रधानमन्त्री स्वयंले राख्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको उपस्थितिमा आजै राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभयो ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, सांसद, उच्च सरकारी अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

विस्तारित मन्त्रिपरिषद्का सदस्यमा नेपाली काँग्रेसबाट १०, नेकपा (माओवादी केन्द्र) बाट ६, नेपाल लोकतान्त्रिक फोरम बाट २ र नेकपा (संयुक्त) बाट १ जना हुनुहुन्छ ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीको शपथसँगै जेठ २४ गते आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

यसअघि नै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान र सङ्घीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महरा उपप्रधान र परराष्ट्र, काँग्रेसका गोपालमान श्रेष्ठ उपप्रधान र शिक्षा मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ ।

त्यसैगरी, काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ र फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार तथा माओवादी केन्द्रका जनार्दन शर्माले गृह र प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नु भएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।