गगन थापा माओवादी केन्द्रमा जानै लागेका हुन् त ? यस्तो छ थापाको सनसनीपूर्ण बयान
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगन थापाले आफूले कांग्रेस छाड्नेबारे सोच्नै नसक्ने बताएका छन् । थापा माओवादी केन्द्रका प्रवेश गर्ने तयारीमा भन्ने समाचार आएपछि बुधबार गगनले उक्त खबरको खण्डन गर्दै आफ्नो लागि कांग्रेसबाहेक अरु विकल्पै हुन नसक्ने स्पष्ट पारे ।
‘मेरो नशा, नशामा, रगतमा कांग्रेस छ । म कांग्रेसमै हुर्किएको हुँ र कांग्रेसमै रहेर मर्न चाहन्छु,’ सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने– ‘म गणतन्त्रका लागि कांग्रेसबाटै लडे र सफल भएको छु । त्यसकारण पार्टी छाड्ने र अर्काे पार्टीमा जाने कुरा कल्पना पनि गर्न सक्दिन् ।’
आफू माओवादीमा जाने हल्ला चलेपछि गगनले यस्तो वयान दिएका हुन् । यद्यपी उनले माओवादी अध्यक्ष प्रचण्डसँग आफ्नो भेट भएको कुरा स्वीकारेका छन् । ‘भेट गर्दै पार्टीमा प्रवेश गर्न लाग्यो त भन्नुभएन् नी,’ उनले भने ।
मंगलबार ‘गगन थापाले माओवादी केन्द्रमा जानेबारे सोचिरहेको’ भन्दै समाचार प्रकाशित गरिएको थियो । जसको गगन थापाले आज आफै खण्डन गरेका हुन् ।


