उमेर र जात नमिलेको भन्दै प्रेमिकाको हत्या

गुल्मी । गुल्मी र बाग्लुङको सिमाना बढिघाट खोला किनारमा फेला परेको शव अनमेल उमेर र समाजमा अमिल्दो जातका कारण हत्या भएको प्रहरीले जनाएको छ। गुल्मी मुसिकोट नगरपालिका पौदीअमराईकी ३५ वर्षीया गीता नेपालीलाई बाग्लुङ राक्सेका गैरदलित समुदायका प्रेमी १८ वर्षीय हीरा बलाल मगरले असार २५ गते राति हत्या गरी बढिघाट खोलामा फालेको बाग्लुङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बढिघाट गाउँपालिका–२, राक्से गाउँका बलाल मगर र गुल्मीको इस्मा विवाह भई श्रीमान्ले हेला गरेपछि तीन सन्तानसहित पौदीअमराईस्थित माइतीको शरणमा बस्दै थिइन्। नेपाली र बलाल मगरबीच लामो समयदेखि प्रेम र अनुचित सम्बन्ध रहेको खुल्न आएको छ। गीताले विवाह नगरे अब उजुरीबाजुर गर्छु भनेर दबाब दिएपछि जातीय विभेद र अनमेल उमेरका कारण उनलाई कर्तव्य ज्यान गरेको पुष्टि भएको बाग्लुङ जिल्ला प्रहरी प्रमुख एसपी चन्द्र कुवेर खातुनले जानकारी दिए।

उनले भने– ‘यी दुईबीच प्रेम र अनुचित सम्बन्ध पनि रहँदै आएको पाइयो, गीताले विवाह गरौं नत्र उजुरी दिन्छु भनेपछि जात नमिल्ने र उमेर पनि आधाभन्दा बढी गीताको भएका कारण स्वीकार्न नसकी हत्या गरेको निजले नै स्वीकार गरेको छ।’ गीता नेपालीको शव असार २६ गते बिहान गुल्मी र बाग्लुङ सिमाना खर्वाङस्थि बढिघाट खोला किनारमा हरिचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीको नेतृत्वमा प्रहरीले ठूलो जोखिम मोलेर बाहिर निकालेको थियो।

अर्को दिनसम्म बेवारिसे रहेको उनको शव तब पत्ता लागेको थियो जब उनीहरूले काम गर्ने स्थान लब्दीखोला मोटरेबल पुल निर्माणस्थल अलि यतैको एक भट्टीमा गीता, उनकी भाउजू सीता र उनका प्रेमी बलाल मगर बसेर साँझ करिब ८ बजेको समयसम्म बियरलगायतको जलपान गर्दै रमाएको पत्तो लाग्यो। घटनाका दिन अभियुक्त मगर, मृतक गीता नेपाली र उनकी भाउजू सीता नेपाली राति ८ बजेसम्म साथै बसेर मदिरा बियर सेवन गरेको खुल्न आएको छ।

महिलामाथि हत्या प्रयास
महोत्तरी, (नेस) । महोत्तरीमा एक महिलामाथि हत्याको प्रयास गरिएको छ। महोत्तरी गौशाला नपा–५ शिवभक्ति बस्ने राम जीवन गिरीको श्रीमती अन्दाजी वर्ष ३५ की रिनादेवी गिरीमाथि सोमबार रातिको समयमा धारिलो हतियार प्रयोग गरी हत्याको प्रयास भएको हो।

रिना आफ्नै घरमा छोराछोरीहरूसँग सुतिरहेको अवस्थामा अपरिचित व्यक्ति घरभित्र प्रवेश गरी धारिलो हतियार प्रहार गरी हत्याको प्रयास गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए। धारिलो हतियारको प्रहारबाट उनको घाँटी, पाखुरा र पिठिउँमा गहिरो घाउ रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएकी रिनाको गौशालास्थित प्राथमिक स्वास्थ्य उपाचार केन्द्रमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि जनकपुर अञ्चल पठाएको थियो। जनकपुर अञ्चल अस्पतालमा पनि उपचार सम्भव नभएपछि पुनः थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको परिवारजनले बताएको छ।

यता, घटनासम्बन्धमा इप्रका गौशालाले घटनाको कारण खुल्न नसकेको बताउँदै अनुसन्धान जारी रहेको जनाएको छ। – अनिल खत्री / न्यूजअफनेपाल ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।