कार्यालय प्रमुख नहुँदा ४ महिनादेखि कार्यालयको सेवा ठप्प

धनकुटा खबर । तेह्रथुम, १२ साउन । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा चार महिनादेखि कार्यालयको सेवा ठप्प भएको छ ।

गतवर्ष यस क्षेत्रका बासिन्दालाई लक्षित गरी इलाका प्रशासन कार्यालय स्थापना भएपनि डेढ वर्ष नबित्दै कार्यालयको सेवा ठप्प हुँदा स्थानीयबासी निराश भएका छन् ।

कार्यालय प्रमुख नहुँदा कार्यालयबाट प्रदान हुने नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी सिफारिस, जाति तथा नाता प्रमाणित लगायत प्रशासनिक सेवाहरु ठप्प भएको हो ।

लामो समयसम्म कार्यालय प्रमुखको पद रिक्त हुँदा आठराईबासीले सेवा लिन सदरमुकाम म्याङलुङ नै पुग्नुपर्ने बाध्यता रहेको छ ।

कार्यालयबाट आठराई गाउँपालिकाका सक्रान्तिबजार, खाम्लालु्ङ, ह्वाकु, इवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ गाउँका बासिन्दाले सेवा लिदै आएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।