‘म नेपाली हुँ, गोर्खाली होइन’

बिदेशमा जाँदा हामी मध्ये धेरैले हाम्रो स्वाभिमान जोडने पात्र र परिचयहरुहुन ‘बिर गोर्खाली।’ ‘गौतम बुद्द जन्मेको माटो।”सगरमाथाको देश।’ कहिले काँहि सम्झिन्छु यी दुइ तिनवटा परिचय नभएको भए हामी नेपालीको स्वाभिमान के सँग जोडिन्थ्यो होला! एक जना मित्र सधैँ घोची रहन्छन ‘तिमि पढ्छौ मात्रै केहि लेख्दैनौ। घुम्छौ मात्रै केहि बोल्दैनौ।’ हो मैले देश वाहिर गएका बेला मसँग जोडिने मेरो देशको परिचयले कयौँ चोटी अफ्ट्यारोमा पारेको छ। कति चोटी त मुखै खोलेर भन्न परेको छ ‘म गोर्खाली होइन।’ सन् २००९ मा मानविय संकट र समाधान सम्बन्धि एक सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्न डेनमार्क पुगेको थिएँ।

कार्यक्रमको सुरुवात भयो। सबैले आफ्नो र आफुले प्रतिधित्व गरेको देशको विशेषता सहित परिचय गरे। मेरो पालो नआईपुग्दा सम्म ‘मेरो देशका विशेषताहरु’ को बारेमा सोचिरहेँ। मनभित्र बिषयहरु फुरेर आए। ‘म त गौतम बुद्द जन्मेको देशको मान्छे। बिर गोर्खालीको देश। ससारकै अग्लो सगरमाथा हरेको मुलुकको मान्छे।’ पालो आयो। एक निमेषले ढिला नगरी मेरो परिचयसँग देशको परिचय जोडे। ‘वाहो…’ हल गुन्जयमान भयो। लामो ताली बज्यो। मैले मेरो देशसँग जोडेर दिएको परिचयले दुइ जनालाइ भने खुसी बनाएन। सम्मेलनमा सहभागी ती दुई जना मध्ये एउटा भारतिय मुलकी अन्नय मिश्र थिइन र अर्को थिए अर्जेन्टिनाका कार्लोस अमाया। यस्ता सम्मेलनहरुमा कसैको बिषयमा सहमत हुने, असहमत हुने वा छलफल गर्ने समय भनेकै लन्च र डिनरको समय हो। अरु समय अत्यन्त ब्यस्त जस्तो देखिए पनि वकवासमै बित्ने हो।

भारतिय नागरिक मिश्र बेलुका खाना खानेवेला टेवलमा आएर सोझै भनिन् ‘म तिम्रो परिचयको बेला भनेको कुरामा सहमत छैन। उनी भारतीय नागरिक। बुद्द नेपालमा जन्मेको भन्दा उनलाइ किन निको लाग्थ्यो र! ‘ किन?’ मैले सोधे। उनको जवाफ मलाइ स्वीकार्य थिएन तर जवाफमा दम थियो। ‘के बुद्द जन्मेको बेला उनि जन्मेको ठाउँ नेपाल अर्तगत थियो? उनि त लुम्बिनीमा जन्मेका हुन, त्यो एक स्वतन्त्र राज्य थियो।’ बुद्दका वारेमा म भन्दा उनि बढी जानकार। ‘बुद्द जन्मेको ठाउँ अहिले नेपालमा छ। यो भुमि नेपालभित्र छ। उनलाइ कहाँ जन्मेको भन्ने उसो भए, भारतमा भन्नु?’ मैले उनलाई ब्यङ्ग्य गरे।’भारती नागरिकलाइ त बुद्द भारतमै जन्मेका हुनु भन्ने सुन्दा नै खुसि लाग्छ होला नी।’ उनले मेरो ब्यङ्ग्यलाइ बुझिन तर त्यसलाइ अस्वीकार गरिन। ‘भारतमा त हुँदै होइन। नेपालमा नै तर तपाइको प्रस्तुति मिलेन।’ संसार भरिका विद्वानहरुले बुद्द नेपालमै जन्मेका हुन भन्ने प्रमाणित गरिसकेपछि पनि उनले प्रस्तुति मिलेन भन्ने कुरालाइ मैले टेरिन। उसो भए के भन्ने त? उनको जवाफ थियो-‘बुद्द नेपालमा जन्मेका हुन नभन्नुस। बुद्घ जन्मेको ठाउँ अहिले नेपालमा छ भन्नुस।’ कुरो एउटै थियो। बुद्दसँग जोडिएको बिषयले त सहज निकास पायो।

अब अर्को तनाव आइपर्नेवाला थियो। मिश्रलाइ ओभरटेक गर्दै अजेन्टिनाका कार्लोस अमाया छेउमा आए। फेरी मेरो देशसँग जोडेको परिचयसँग रन्किदै। स्प्यानिस भाषामा केहि बोल्दै थिए। मैले बुझिन। अनि अंग्रेजीमा बोल्न थाले ‘तिमि गुर्खा हौ?’ विदेशीहरुले गरेको उच्चारण नै मन नपर्ने। मैले जवाफ दिन नपाउँदै फोकल्याण्ड युद्दको प्रसंग निकालेर उनि कड्किए ‘तिमिहरुको कारणले अर्जेटिनाले सन् १९८२ मा युद्द हार्नु पर्यो। गुर्खा भनेका संसारमा क्रुर सिपाहिहरु हुन। उनिहरु जता लडाई हुन्छ त्यहि पुग्छन्। तिमीहरु क्रुर मान्छेहरु।’ मैले जोडेको मेरो देशको परिचयसँग असहमती जनाउँदै उनि जँगिए। कार्लोसले आफ्नो अल्प ज्ञान लाई आगो जस्तै ओकले। उनि खाएर मात्तिएका थिए। मैले वहष गर्न चाहिन। तर उनलाइ सालिन रुपमा भनेको थिएँ ‘भोली खाजा खाने समयमा वहष गरौँला।’ यार, रातभर निन्द्रा लागेन। मेरो देशसँग जोडीएको परिचयलाइ कसैले चुनौति दिन्छ भने त्यसले असर त पार्छ नी। नेपाली ईतिहासको कालखण्ड सम्झिए। र सोचे सोचे शाह/राणाहरुले आफ्नो एस आरामकालागी ब्रिटिसहरुलाई खुसि पार्न हाम्रा सोझा नेपालीहरुलाइ ब्रिटिस सेनामा भर्ति गराए।

अहिले पनि विर गोर्खा भनेर बेलायत र भारतले लडेका लडाईमा फ्रन्ट लाईनमा नेपाली मूलका सेनालाई खटाईन्छ। र, उक्त युद्दमा मारिने पनि उनिहरु नै बढी छन्। कुनै बेला खुकुरीको भरमा युद्द जितेको बिर गोखालीको त्यो ईतिहास अहिले अत्याधुनिक हतियारका सामु त्यतिकै गर्भिलो छ। सोचे आर्थिक विपन्नताका कारण युवाहरु विदेसि सेनामा भर्ति भईरहेका छन्। अन्य देशका लडाईमा प्रयोग भई रहेका छन्। रातभर नसुतेपछि जवाफ सुझ्यो – म नेपाली हुँ, गोर्खालि होइन। भोलीपल्ट बहस त हुनु नै थियो। कार्लोसले फेरि त्यहि कुरा दोहोर्यायो। मैले उसलाई शान्त भएर सुन्न आग्रह गरें। ‘म गुर्खा, गोर्खा वा गोर्खाली होइन्। म नेपाली हूँ।’ उसले फेरि दोहोर्यायो ‘नेपाली भएपछि कसरि गुर्खा होईनस्?’ जवाफ म सँग अब क्लियर थियो। ‘म गोर्खालि होइन। सबै गोर्खाली नेपाली हुन सक्छन्। तर सबै नेपाली गोर्खाली होईनन्।

गोर्खाली हुन या त नेपालको गोर्खा जिल्लामा जन्मेको, बसेको हुनु पर्यो या ब्रिटिस वा भारतिय सेना को गोर्खा रेजिमेन्ट अन्र्तगत काम गरेको हुनु पर्यो। म यो कुनै वर्गमा पर्दैन। त्यसैले म गोर्खाली होईन्।’ कार्लोसलाई फेरि सम्झाएँ ‘नेपाल र अर्जेन्टिना बिच कहिले पनि लडाई भएको छैन र हुनेवाला पनि छैन्। फकल्याण्डको युद्दमा नेपालले बेलायतको सहयोगका लागि आफ्नो सेना पठाएको पनि होईन्। त्यो युद्द बेलायती र अर्जेन्टिनी सेना बिच गएको हो। जहाँ सम्म गोर्खालीको संलग्नताको कुरा छ, बेलायती सेनाको गोर्खा रेजिमेन्ट अन्र्तगत काम गर्ने नेपालीहरु हुन्। उनीहरु बेलायती सेनाका जागिरे हुन्।’ अब उसले कुरा बुझ्यो र जिब्रो टोक्यो। कार्लोस आजभोली मेरो एक मिल्ने साथि बनेको छ। ईमेलमा जिस्काई रहन्छ, ‘तँ नेपाली होस गोखाली होईनस्।’ ब्रिटिस सेनाले नै फकल्याण्डको युद्दमा गोर्खाली वा गुर्खा बारे गलत प्रचार गरेका थिए।

गोर्खालीलाई क्रुर, मुर्ख र मान्छे को मासु खान समेत पछि नपर्ने जातका रुपमा परिचत गराए। र बाहिरी मुलुकहरुले गोर्खालीको यहि स्वाभाव मात्र बुझे। कार्लोसले बुझेको स्वाभाव न गोर्खालीको थियो न नेपालीको। विदेश अब नेपालीहरुकालागी सामान्य यात्रा जस्तो भैसक्यो। हरेक घरका सदस्यहरुले बिदेश देखेर र टेकेर नेपाल पुगेका छन। मेरा जस्तै अनुभव अरु धेरै साथीहरुका पनि होलान। यस्ता तिता अनुभवहरुले हामी मध्ये कति धेरैको मन अमिलो पारेका होलान। यस्ता तिता अनुभवहरुसँग वहष गर्ने भन्दा बरु म नेपाली हुँ, गोर्खालि होइन भन्दा के हुन्छ?

– साभार- सेतो पाटि बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।