तिब्बतबाट नेपाल फर्कने बित्तिकै ओलीले दिए सरकार र आयोगलाई यस्तो चेतावनी

कुनै बहानामा चुनावमा ढिलाई नगर्न सरकार र आयोगलाई चेतावनी

काठमाडौं, १३ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन र चुनावजस्तो संवेदनशील विषयलाई राजनीतिक दाउपेचको विषय नबनाउन सरकारको नेतृत्व गरेको कांग्रेसलाई सझुाव दिनुभएको छ । तिब्बतको एक साता लामो भ्रमण सकेर शुक्रवार स्वदेश फर्किनु भएका ओलीले दोस्रो चरणको चुनावमै सहभागि हुन खोजिरहेको राजपालाई कांग्रेसले घुमाई फिराई चुनावमा आउन नदिएको पनि खुलासा गर्नुभयो ।

‘राजपा दोस्रो चरणको चुनावमै सहभागि नहुने थिएन, कांग्रेसले घुमाई फिराई चुनावमा सहभागि हुन दिएन’ ओलीले भन्नुभयो, ‘यसपटक पनि राजपालाई चुनावमा आउन नदिन कांग्रेसले अनेक बहाना खोजिरहेको छ, राजपा चुनावमा आए भोट घट्छ भन्ने कांग्रेसले सोचिरहेको छ । यस्तो कुरामा राजनीति नगर्न म कांग्रेसलाई आग्रह गर्छु ।’

संविधान संशोधन फेल भए पनि पास भए पनि अगाडि बढाउने भनी कांग्रेसले गरेको निर्णयका विषयमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिंदै अध्यक्ष ओलीले संविधान संशोधनलाई खेलांचीको विषय नबनाउन सुझाव दिनुभयो । अहिलेको संसद संविधानसभाबाट रुपान्तरित भएको स्मरण गराउँदै ओलीले असन्तुष्ट दलहरुको माग सम्बोधन गर्न पहिलो पटक संविधान संशोधन भइसकेको वताउनु भयो ।

‘संविधान संविधानसभाले बनायो, अव त्यसलाई संशोधन गर्नुपरे नयाँ संसदले गर्छ । यो नयाँ संसद होइन, आवश्यक कानुन बनाउनका लागि राखिएको रुपान्तरित संसद हो’ ओलीले भन्नुभयो, ‘राजपा लगायतका दलहरुका लागि भनेर सुशील कोइरालाजीले हाम्रो असहमतिका बाबजुद संविधान संशोधन ल्याउनु भयो, हामीले हुँदैन भन्यौं । यति गरेपछि उहाँहरुले मान्नुहुन्छ भन्नुभएको थियो । लौ नत मान्छ भने भनेर संविधान संशोधन गरियो ।’ ओलीले संविधान संशोधनलाई खेलाँचीको विषय बनाएर देशहितको विषयलाई पनि राजनीति गर्ने विषय नबनाउन आग्रह गर्नुभयो ।

‘यति संशोधन गरेरपछि मान्छ भनेर कांग्रेसले नै भन्यो, हामीले लौ न त भनेर संशोधन गरिसक्यौं’ ओलीको भनाई थियो, ‘कांग्रेसले यो के गरेको ? यस्ता विषयलाई पनि दाउपेचको विषय नबनाउन म आग्रह गर्छु ।’

ओलीले माघ ७ गते भित्र दुवै तहका चुनाव सम्पन्न नगरे संवैधानिक संकट आउने वताउँदै चुनाव गर्न नभ्याईंने, यदि, तर, जस्ता बाहनाबाजी नगर्न सरकार र निर्वाचन आयोग दुवैको ध्यानाकर्षण गराउनुभयो । ‘एउटा मतपत्र कि, दुईटा मतपत्र कि भन्ने कुरा गरेर बस्ने होइन, माघ ७ गते भित्र दुईवटै तहको चुनाव सम्पन्न गरिसक्नु पर्छ नत्र संवैधानिक संकट आउँछ’ ओलीको भनाई थियो, ‘भ्याइँदैन, सकिंदैन जस्ता कुनै पनि बाहना सरकार वा निर्वाचन आयोगले नगरुन्, एमालेलाई त्यो मान्य छैन ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।