डोकलाम विवादमा चीनले फेरी दियो भारतलाई धम्की : डोकलामबाट भारतीय सेना नहटे, कश्मिरबाट पाउनेछ भारतले जवाफ !

एजेन्सी । सिक्किमको डोकलाम भुभागमा जारी विवादलाई लिएर चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सलेले पुन: भारतलाई धम्की दिएको छ । ग्लोबल टाइम्सलेले भनेको छ, “डोकलाम मामिला चीन-भूटान बोर्डरको विवाद हो। यसमा तेस्रो पक्षको तर्फबाट भारतले दखल दिनु के अधिकार छ ? दिल्लीको तर्क अनुसार यदि यो उसको हक हो भने यो निकै खतरनाक हुनेछ किनकि यदि कश्मीर मामिलामा पाकिस्तानले अपिल गरे चीनको सेना सो विवादित भुमिमा घुस्न सक्नेछ । जसमा भारतको अधिकार सम्पन्न रहेको कश्मीर पनि पर्नेछ।”

भारतका राष्ट्रिय सुरक्षा सलाहकार (एनएसए) अजीत डोभाल बेजिङमा रहेका छन् । बिहिबार उनले चीनका एनएसए यांग जिआचीसँग भेट गरे। डोभालले शुक्रवार चिनियाँ राष्ट्रपति सि जिनपिंगलाई भेट्ने कार्यक्रम रहेको छ ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले बिहिबार आफ्नो एक लेखमा भारतलाई सो धम्कि दिएको हो । झांग यीको सो लेखमा भूटानको तर्फबाट भारतसँग कुनै सहयोग नमागिएको तर भारतले पुन सो मामिलामा टाङ लडाएको लेखेका छन् ।

पत्रिकामा उनले, “भूटान सरकारको तर्फबाट २९ जूनमा जारी गरिएको विज्ञाप्तिमा भारत सरकारसँग सहयोग माग्ने कुनै खुलासा गरेको छैन । कूटनीतिज्ञ सुत्रका अनुसार भूटान सरकारलाई भारत आफ्नो क्षेत्रमा घुसेको बारे पनि थाहा थिएन ।” भनेका छन् ।

डोकलाममा ४२ दिन देखि भारत र चीनका सेना आमने-सामने रहेका छन् । सो इलाकामा एक त्रिपक्षिय बिन्दु (तीन देशको सिमा ) रहेको छ । चीन उक्त स्थानमा सडक बनाउन चाहान्छ भने भारत-भूटान सोको बिरोधमा रहेका छन् ।

हालै भारतले डोकलामबाट आफ्नो सेना हटाउन चीनले गरेको माग असहमति जनाएको छ । चीनको सरकारी पत्रिका पिपुल्स डेलीको एक रिपोर्टरलाई उत्तर दिदै भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता गोपाल बागले भने, “हामिले डोकलाम मामिलामा आफ्नो हेराइ र बाटो खोज्ने तरिकाबारे चीनको अगाडिनै स्पष्ट गरेका छौ ।” बागले भने , “सीमा विवाद सामाधान गर्न दुवै देशबीच पहिले देखिनै एउटा सिस्टम बनेको छ र अहिले चलेको विवादलाई पनि सोहि सिस्टमले सामाधान गर्नेछ । इन्टरनेशनल कम्युनिटीले सो विवादको सामाधान दुवै देशबीच कूटनीतिज्ञ तबरले हुनु पर्दछ भनेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।