माग्ने जति सबैलाई भत्ता दिन सकिदैँन : मन्त्री कोइराला

भक्तपुर, १४ साउन । महिला तथा बालबालिका मन्त्री आशा कोइरालाले माग्ने जति सबैलाई सरकारले भत्ता दिन नसक्ने बताउनुभएको छ ।

आज भक्तपुरको लोकन्थलीमा अग्रज समाज नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले विभिन्न समूहले भत्ता माग गर्दै आएको अवस्थामा विकास बजेट काटेर भत्तावितरण गर्न नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो–“सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिँदै आएको छ, अब बेरोजगार भत्तादेखि विभिन्न समूहले भत्ता माग्न थालेका छन्, मागे जतिलाई भत्ता वितरण गर्ने हो भने विकास बजेट सकिन्छ, देशको विकास अड्किन्छ ।”

राज्यले ज्येष्ठ नागरिकको संरक्षणको दायित्व लिनुपर्ने औल्याउँदै उहाँले ज्येष्ठ नागरिकलाई पनि दिँदै आएको भत्तामा वृद्धि गरेर दोब्बर, तेब्बर भत्ता दिनसक्ने अवस्थामा सरकार नरहेको बताउनुभयो ।

कार्यक्रममा उहाँले भक्तपुरका नवनिर्वाचित जनप्रतिनिधि र पत्रकारलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्रले ज्येष्ठ नागरिकलाई बोझ मान्ने परिवार बढ्दै गएको अवस्थालाई रोक्न नसके भयावह हुनसक्नेमा सचेत हुनुपर्ने बताउनुभयो ।

अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले जुनसुकै सरकारले पनि ज्येष्ठ नागरिकको मागलाई सम्बोधन नगर्ने र आश्वासन मात्रै दिने गरेको भन्दै रोष प्रकट गर्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।