इटहरीतर्फ आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु, ५ घाइते

इटहरी, साउन १४ । धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३६२३ नम्बरको बस शनिबार अपरान्ह इटहरी हलगडा क्षेत्रमा पल्टिँदा सोही बसमा यात्रारत मोरङ उर्लावारी–४ का मनोज विकको मृत्यु भएको छ ।

दुर्घटनामा अरु पाँच यात्रु घाइते भएका छन् ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको उक्त यात्रुवाहक बस तीव्रगतिका कारण सडकदेखि पाँच मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

घाइते पाँचैजनाको इटहरीस्थित स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।