के गर्न खोज्दै छ भारतले नेपाललाई ? नेपाललाई पनि सिक्किम झै सुलुत्त निल्न खोज्दै छ भन्दै नारायणमान बिजुक्छेले गरे गम्भीर खुलासा (भिडियो सहित)

काठमाण्डौ, १४ साउन । नेपाल मजदुर पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भारतले हरेक देशमा योजनावद्ध रुपमा हस्तक्षेप गरीरहेको आरोप लगाएका छन् । उनले जसरी दोस्रो विश्वयुद्ध पछि अर्थतन्त्रमा अगाडी बढीरहेको चिनलाई अमेरीकाले चारैतिरवाट च्याप्दै लैजान खोजेको थियो त्यसैगरी भारतले पनि आफ्नो एकाधिकार बढाउन खोजिरहेको बताएका छन् । भारत र चिन बिच भइरहको विवाद त्यसैको परिणाम भएको बताएका छन् ।

काठमाण्डौमा शनिवार आयोजित चिन, भारत तनाव र त्यसको प्रभाव विषयक अन्तरकृया कार्यक्रममा बोल्दै नेता विजुक्छेले सैनिक मामिलामा भारत चिन भन्दा बलियो रहेको टिप्पणी गरेका छन् । “त्यसैले पनि चिन युद्ध होस भन्ने चाहंदैन, उनले भने, भारतीय राजनीतिक विष्लेषकले भारत र चिनको सैनिक अवस्थाको विषयमा गरेको विष्लेषणमा यो कुरा उल्लेख छ ।”

उनले चिन र भारत विच भइरहेको अहिलेको विवादको अवस्थावाट नेपाल कसरी जोगिने भन्ने विषयमा भने सचेत रहनुपर्ने बताएका छन् । उनले भारतको थिचोमिचोको बिरोध गर्दै आफु सुरक्षित हुने तरिकाले कुटनीतिक निर्णय लिनुपर्ने बताएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।