एमालेका सचिव योगेश भट्टराईले प्रचण्डलाई भने, ‘कठै कमरेड !’

काठमाडौं, ४ भदौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि तिखो प्रहार गरेका छन् । शुक्रबार प्रचण्डले राजधानीमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर भट्टराईले प्रचण्डमाथि ट्वीटर मार्फत तिखो प्रहार गरेका हुन् ।

एमाले सिध्याउन कांग्रेससँग मिलेको भन्ने प्रचण्डको अभिव्यक्ति उनमा आइरहेको नेतृत्वको तिव्र स्खलनको उदाहरण भएको भट्टराईले जनाएका छन् । ‘देश बनाउन होइन एमालेलाई सिध्याउन कांग्रेससँग एकता गरेको भन्ने प्रचण्डको बयान उहाँमा आइरहेको नेतृत्वको तिव्र स्खलनको उदाहरण हो । कठै कमरेड !’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।