बिदेशिएका ६० लाख युवाहरू कस्को ?

अहिले हेर्ने हो भने राजनैतिक दलहरु बिदेसिएका युवाहरु आआफ्नो कार्यकर्ता भएको दावी गर्दछन । त्यसैले हामीले सुन्दै आएका छौ । कुनै बैठकतथा सभाहरुमा चर्को आरोपप्रत्यारोप चल्छ । हाम्रो लाखौं पार्टीका सदस्यहरु प्रवासमा रहेकाले हाम्रो दलले चुनाव हारेका हौ ।

तर त्यहाँनेर हामिले एउटा कुरा खोजी रहेको हुन्छौ । त्यो कुरा हो जो आफ्नै देशमा केही गर्ने सोच हुदाहुदै बाध्यतावस बिदेशिएका हरुलाई नेपाल ल्याउने र नेपाल लाई समृद्ध बनाउने । नेताहरुको चर्को भाषण सकिदै गर्दा हाम्रो आसा पनि सकिन्छ । कस्को चाहना हुदैन होला ? भर्खर विवाह गरेको आफ्नो जिवनसाथी, डाडा माथीको जुनघाम भै सकेको आमाबुबा र सङ्गैको, आफ्नो प्राणभन्दा प्यारो लालाबाला, सङ्गैका दौतरी सङ्गै बसेर आफ्नै देशमा केही गर्ने।

प्रवासमा हुने सम्पुर्ण दुखहरु बिर्सेर युवाहरू अझै मानव विक्री गर्ने म्यानपावरको लाइनमा छन । उनीहरुलाई राम्रोसँग थाहा छ । मरुभूमिको चर्को घाम, मेसिनको पेलाई, ज्यान हत्केलामा राखेर बिल्डिङ्गको झुन्डाई, साहुको गालि, सामुहिक बलात्कारको सिकार र उचित तलब नहुदा शव स्वदेश पठाउन नसक्दा परिवारले भोग्ने पिडा, केहि कामले दलालले फसाएर बन्दकी राखेको घरजग्गा फिर्ता गर्न नसक्दाको पिडा । तर पनि उ सम्पुर्ण कुराहरू जुवाको खालमाझै दाउमा राखेर उ प्रवासी जीवन बिताउन लाखौ युवाहरू तयार छन ।

जिम्मेवार को ?

सिधै भन्नुपर्दा जिम्मेवार यो देशलाई समृद्ध बनाउछु भनेर नेतृत्व गर्ने शाशक हरुनै हुन । उनीहरु अहिलेसम्म खासै जिम्मेवार देखिदैनन । हेर्ने हो भने यहाँ मनपरि तन्त्रले निकै राज गरेको भान हुन्छ । हैन भने शासकहरुलाई राम्रोसँग थाहा छ । प्रवासबाट खाई नखाई पठाएको रेमिटेन्स देशको आधा अर्थतन्त्र धानेको छ । उनीहरुलाई यो कुरापनी ज्ञान छ हाम्रो भाषण खर्च देखि रासनको हिस्सेदार रेमिटेन्स पनि हो ।

शासकहरुले यि कुराहरु कुरा बुझ्दा बुझ्दै बुझ पचाएर बसेका छन । उनीहरु देशको चिन्ता भन्दानी कहि कतै आफ्नै स्वार्थमा भुलिरहेका जस्तो देखिन्छन् । हैन भने उनीहरुले आजीवन भत्ता, सुरक्षा, सबै ब्यबस्था गर्दैनन् थिए होलान । हाम्रो अगाडि झगडा गरे झै गर्छन् । ६,६ महिनामा सत्ता परिवर्तन सङ्गै प्रत्येक मन्त्रीमण्डलमा नेपाल जस्तो गरिब देशमा ५०,६० जनाको जम्बो टोलि निर्माण गरेर करोडौं राज्यकोषको भार बढाउदैनन थिए । अनि प्रत्येक नेपालीको जन्मने बित्तिकै २२ देखि २३ हजार रिण पनि हुँदैन थ्यो ।

६० लाख युवा कस्को ?

लेखक – शान्तिराज राई

साधरण ढंगले भन्ने हो भने साठी लाख युवा त्यस्को हो ।
१. घरमा आउदा उस्को गाउमा सडक पुगेको होस ।
२. खानेपानीको ब्यबस्था होस । उस्को गाउँमा स्कुल होस ।
३. बिरामी हुदा उपचार गर्ने स्वास्थ्य चौकी होस ।
४. गाउमा बिजुली झलमल होस ।
५. को बोलेको भन्दा को बोको हो भन्ने बाट गुज्रिएको सञ्चारको अन्त्य होस ।
६. देशमै रोजगारको ब्यबस्था होस ।
७. बिदेशमा आपत पर्दा गतिलो दूतावास होस ।
यो बिषयमा कस्को नजर जाला र खै ?
सबै नेता हरु सत्ता र भत्ताको भोको छन । कसरी हुन्छ अकुत सम्पत्ति कमाउने दाउमा र आफ्नो स्वार्थमा लुप्त छन ।
साच्चिकै कुसल शासक हो भने छातिमा हात राखेर कसम खानुहोस । साठी लाख युवाको बारेमा केही सोच्नुस र माथिका कामहरु गर्नुहोस् । ६० लाख युवाहरू मात्रै हैन पौने तिनकरोड जनता तपाईंको र तपाईंको पार्टीको हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।