अब पनि तपाईलाई ‘म कांग्रेस’ भन्न अलिकति शरम छैन ?

– नयाँ घरे साइलो
काठमाडौं । नेपाली कांग्रेस पार्टी नेपालको इतिहासमा लामो काल खण्ड बिताएको पार्टी हो । यो पार्टीमा विपिदेखि जिपी मात्र होइन अहिलेका एस बि समेतले मुलुकको हित हुने काम गर्न सकेनन् । स्थानीय तहको निर्वाचनमा जनताले किन एमालेलाई पहलिो पार्टी बनाएभन्दा बल्ल त्यसको रहस्य बाहिर आउदै छ ।

कांग्रेसजनले जतिनै गफ लडाएपनि भुकम्पछि भारतले लगाएको नाकाबन्दीमा नेपाली कांग्रेस एक बचन बोल्न सकेन । नेपाली कांग्रेमा राम्रा छवि भएका केही नेता जो औलामा गन्न सकिनेछन् । उनीहरुको बोली पार्टीमा बिक्दैन । पद पाउन र चुनाव जित्न जस्तोपनि हर्कत गर्ने काग्रेसको गर्भभित्रकै रोग हो । अर्का तर्फ भारतको गुलाम भएर नेपाललाई हरिकंगाल बनाउन सधै कांग्रेसहरु लागि परेका छन् । नेपालको मुख्य ठुला सरकारी कम्पनि डुबाउनेको नाम लिनु पर्दा सबैभन्दा धेरै कांग्रेसभित्र बिराजमान छन् ।

हुन त भष्ट्रारीलाई जेलबाट निस्कदा सय किलो माला लगाउने र अहिले संसदमा निर्वाचन सम्बन्धी विधेयकमा भष्ट्ररुलाई पनि चुनावमा उठ्न दिनु पर्छ भन्ने तिनै कांग्रेस हुन् । अहिले झन् भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री समक्ष मधेसी दलको माग अनुसार फेरि पनि संविधान संशोधन प्रस्ताव संसदमा लाने बाचा गरेका छन् । यसरी नेपालको आन्तरिक विषयमा अरुलाई बाचा कसम गर्नु कहाँको छिमेकीपन हो ? शेरबहादुर देउवाको यो राष्ट्रघाती बचन नेपालीको लागि स्वाभिमानको लागि राम्रो होइन ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सरकारबाट जसरीपनि हटाउने भारतको खेलमा सामेल भएका देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लिखितम सहमति गरेर प्रधानमन्त्री बनाए । त्यसको करिव नौ महिनापछि आफुले सत्ताको नेतृत्व दिएका उनको यो भनाई नै नेपालको भार्वभौमता माथी नै प्रश्न उठाएको छ । नेपालमा प्रधानमन्त्री हुन भारतीय गुलाम बन्न देशलाई कतिसम्म गिराउन राजनितिक नेताहरु लागेका छन् भन्ने प्रष्ट हुन्छ ।

एउटा देशको संविधान त्यहाँको जनता र जनप्रतिनिधिले बनाउने हो । जसमा अन्य देशको हस्तक्षेप हुनु लज्जास्पद हो । तर नेपालमा भारतले गरेको अनावश्यक हस्तक्षेप र नाकाबन्दीको विरुद्ध एक शब्दपनि नबोलेको वर्तमान नेपाली कांग्रसका नेतृत्वको यस्तो कदम देशभक्त नेपालीको भावनामा ठेस पुगेको छ । पाँच दिने भ्रमणमा रहेका देउवाले आज भारतीय समकक्षी मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यसअघि सरकारले संशोधन प्रस्ताव पारित गराउन प्रयास गरेको भएपनि दुई तिहाई पुर्याउन नसक्दा असफल भएको भन्दै पारित गराउन फेरि पनि प्रयास जारी रहने उल्लेख गर्नु कस्तो बाचा हो ।

प्रधानमन्त्री देउवाको यो बचन पक्कैपनि भारतभक्ती गरेर मोदीलाई मनाउने प्रयास हो । यसरी आफ्नो सत्ता टिकाउन निर्जज्ज भएर भारतसामु घुडाँ टेक्नु शेरबहादुरको बाध्यता रहर जे भएपनि यो नेपाल र नेपालीको हितमा छैन । अब यति भै सक्दापनि तपाई एउटा सच्चा नेपाली हो भने के म कांग्रेस भन्दै हिड्नु हुन्छ ?

(प्रश्तुत लेख लेखकको निजि बिचार हो )



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।