‘सुनचाँदी कला व्यवसायप्रति राज्यको स्पष्ट नीति नभएको कारण व्यवसायीलाई समस्या’

सुनचाँदी कला व्यवसायी संघ धनकुटाको ८ औ वार्षिक साधारण सभा तथा तेश्रो जिल्ला सम्मेलन आज हिलेमा सम्पन्न

धनकुटा खबर, भदौ १२ । सुनचाँदी कला व्यवसायी संघ धनकुटाको ८ औ वार्षिक साधारण सभा तथा तेश्रो जिल्ला सम्मेलन आज हिलेमा सम्पन्न भएको छ ।

संघका निवर्तमान अध्यक्ष अविनाश लोहनीको अध्यक्षतामा सम्पन्न सम्मेलनलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी एवम् सम्मेलनका प्रमुख अतिथि प्रेम प्रकाश उप्रेतीले सुनचाँदी कला व्यवसाय व्यवसायीक रहेको वताउदै व्यवसायीले व्यवसायीक शुद्ध्ता र विश्वासनीयतामा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा वोल्दै संघका केन्द्रिय अध्यक्ष द्धवारिका शंकरले भने सुनचाँदी कला व्यवसायप्रति राज्यको स्पष्ट नीति नभएको कारण व्यवसायीलाई समस्या हुनेगरेको धारणा राख्नुभयो ।

उहाँले यो व्यवसाय अन्र्तगत चाँदीको लागि राज्यको स्पष्ट नीति भएपनि सुनमा नभएको भन्दै व्यवसायीक मुनाफा तथा भन्सार छुट लगायतका विषयमा स्पष्ट नीति हुनुपर्ने वताउनुभयो । उहाँले आफुहरुले सञ्चालन गरिरहेको व्यवसाय, व्यवसायमा मात्र सिमित नभई सिप र कला सँग पनि जोडिएको कारण यस्ता सिप र कला नयाँ पुस्तालाई हस्तान्तरण गरी युवाहरुलाई व्यवसायीक वनाउने तर्फ पनि केन्द्रले ध्यान दिईरहेको सहभागीहरुलाई जानकारी गराउनुभयो ।

त्यस्तै धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले सुनचादी कला व्यवसायीको समस्या समाधानका लागि आफु सहयोग र समन्वय गर्न तयार रहेको वताउनुभयो ।

सम्मेलनमा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे,नेपाल सुनचाँदी कलाव्यवसायी संघ सुनसरीका अध्यक्ष प्रेम लकान्द्रि लगायतकाले शूभकामना मन्तव्य राख्नुभएको थियो । सम्मेलनले आजै शंकर लहागुनको अध्यक्षतामा १७ सदस्यी संघको नयाँ जिल्ला कार्य समिति पनि चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा देव वहादुर विश्वकर्मा,उपाध्यक्षमा मनोज श्रेष्ठ,सचिवमा रुपेश श्रेष्ठ,सहसचिवमा शिखर श्रेष्ठ,कोषाध्यक्षमा मनोज लुहागुन र सह कोषाध्यक्षमा राजु वराईली रहेकाछन् ।

त्यस्तै अन्य सदस्यहरुमा पुर्न कुमार गजमेर,दीपेन गजमेर,किशोर सिन्चौरी,उज्वल कर्माचार्य,सुचन धमला,यादव तिरुवा,दूर्गा सिन्चौरी,नगेन्द्र गहतराज र बवि गहतराज रहेको नयाँ कार्य समितिका अध्यक्ष शंकर लुहागुनले जानकारी दिनुभयो ।

सम्मेलनकै अवसरमा स्थानीय निकायको निर्वाचन मार्फत जनप्रतिनीधिमा निर्वाचित संघका सदस्यहरु सहितका ११ जनालाई सम्मान गरिएको थियो भने सम्मेलनका प्रमुख अतिथि तथा अन्य अतिथिहरु १८ लाई मायाको चिनो प्रदान गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।