जन्मदिन मनाउने खर्च मुटुरोगी बालकलाई दिएर उदाहरणीय काम गरे एमाले नेता योगेश भट्टराईले !
एमाले सचिव योगेश भट्टराईले जन्मदिन मनाउने खर्च मुटुरोगी बालकलाई दिएका छन् । भट्टराईको बुधबार जन्मदिन परेको छ ।

ताप्लेजुङको फुङलिङ– ९ हाङदेवाका ७ वर्षीय मिलन शेर्पालाई भट्टराईले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । भट्टराईले वर्षेनि जन्मदिनको अवसरमा बिपन्नलाई आर्थिक सहायता गर्दै आएका छन् । शेर्पाको मुटुमा समस्या र कुपोषण पीडित छन् ।
भट्टराईले एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेनमार्फत सहयोग गरेका हुन् । उनले काठमाडौंमा उपचार गर्न अध्ययनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
भट्टराईले ऋण तिर्न नसकेर गोठालो बसेका ताप्लेजुङका बालक दोर्ची शेर्पालाई उद्दार गरी काठमाडौं ल्याएर अध्ययनको व्यवस्था मिलाएका थिए भने भूकम्पपीडित बालकलाई शैक्षिक आर्थिक सहयोग गरेका थिए ।


