नेपाली कांग्रेस सांसद यादवले आफ्नै कार्यकर्ताबाट कुटाई खाए, रणभूमी बन्यो पार्टी कार्यालय (भिडियो सहित)

सिरहा ,भदौ २१ । स्थानीय चुनावको टिकट वितरणलाई लिएर नेपाली कांग्रेसका सांसद रामचन्द्र यादव आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।

सिरहा नगरपालिकाको टिकटलाई लिएर कांग्रेसमा डा। सुभाषचन्द्र यादव र उपेन्द्र यादव समूहबीच विवाद थियो । दुबैले मेयरको टिकट दाबी गरेका थिए, जसका कारण अन्य स्थानीय तहको उम्मेदवार तय भएपनि सिरहा नगरको हुन सकेन ।

सिरहाका चार सांसदले मंगलबार दिनभर प्रयास गरेपनि सहमति जुट्न सकेन । बुधबार विहान भएको छलफलमा डा। सुभाषचन्द्रलाई मेयर र उपेन्द्र यादव समूहबाट उपमेयरको उम्मेदवार तय भयो । तर, डा। सुभाषचन्द्रका समर्थक टिकट वितरणमा ढिला गरेको र सबै टिकट आफ्नो पक्षले पाउनु पर्ने भन्दै सभासदमाथि जाइलागे ।

‘सहमति भइसकेको थियो । तर, सुभाषचन्द्रको समूह कोठाभित्रै आएर मलाई एक्कासी कुटपिट गरे’ सभासद यादवले भने ।

लगतै सुभाषचन्द्र र उपेन्द्रको समूहबीच झडप भएको छ । त्यसक्रममा रडका साथै खुकुरी हानाहान भएको छ । झडपका क्रममा क्षेत्रीय सभापतिसहित १० जना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।