भारत र चीन दुवै सँग नेपालले समनिकटता सम्बन्ध राख्नुपर्छ : माधवकुमार नेपाल

काठमाडौँ, २२ भदौ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दुई छिमेकी भारत र चीनसँग नेपालले समनिकटता सम्बन्ध राख्नुपर्नेमा जोड दिनुभयो ।

अनेरास्ववियुले आज परिवर्तित ‘विश्व सन्दर्भमा नेपालको विदेश नीति र युवाको भूमिका’ विषयमा आयोजना गरेको कार्यशाला गोष्ठीमा उहाँले सन्तुलन राष्ट्रवादको अवधारणानुसार दुई छिमेकीसँगको सम्बन्ध समदूरी नभई समनिकटताका आधारमा हुनुपर्नेमा जोड दिनुभयो ।

एमाले विदेश विभाग प्रमुखसमेत रहनुभएका नेपालले दुवै छिमेकीवरुद्ध नेपालको भू–भाग प्रयोग गर्न नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालले सबै देशसँग मित्रवत् सम्बन्ध राख्ने खोजेको उल्लेख गर्दै तर हाम्रो देशको आन्तरिक मामिलामा हस्तक्षेप नसहने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले दुई छिमेकी देशसँग मिलेर आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिँदै नेपालको परराष्ट्र नीति कमजोर रहेकाले सुधार गरेर लैजानुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का नेता शक्ति बस्नेतले सबै दल मिलेर साझा परराष्ट्र नीति बनाउनुपर्ने बताउँदै स्वतन्त्र परराष्ट्र नीति संविधानले नै अँगालेकाले त्यसैअनुसार नेपालले आफ्नो परराष्ट्र नीति अन्य देशसँग अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।