निर्वाचनको मुखैमा उम्मेदवार शाहको घरमा बम विस्फोटन

धनुषा, २३ भदौ । तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ ।

बिहीबार राति घरको कम्पाउण्डभित्र गएर अज्ञात व्यक्तिले बम विस्फोटन गराएको हो । सो घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको छ । धनुषाधाम नगरपालिकाको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा विस्फोट भएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभएको छ ।

विस्फोट घरको कम्पाउण्डमा भएकाले कुनै मानवीय क्षति नभएको र प्रहरी निरीक्षकको कमाण्ड टोली घटनास्थलस्थलमा राति नै पुगेर घटनामा संलग्नको खोजी कार्यसहित अनुसन्धान शुरु गरिसकेको प्रहरी नायब उपरीक्षक धितालले बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।