यसकारण भयो नेपाल आइडल विरुद्धको मुद्दा खारेज ! (पूर्ण पाठसहित)

काठमाडौं । रियालिटी शो नेपाल आइडलविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ । दुबै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो ।

नेपाल आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । आयोजकका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।

उजुरीमाथि शुक्रबार दुवै पक्षबीच इजलासमा छलफल भएपछि उजुरी खारेज गर्ने फैसला अदालतले सुनाएको हो । नेपाल आइडलमा भदौ १५ गतेको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतिपछि भोटिङ खुला गर्दै राति ८ः४५ देखि अर्को दिन बिहान १२ बजेसम्म समय दिइए पनि उक्त भोटका आाधारमा कसैलाई पनि आउट नगरिएको भन्दै अधिवक्ता न्यौपानेले करार ऐन २०५६ को दफा ८७ (१) अनुरुप अदालतमा उजुरी दिएका थिए।

काठमाडौं जिल्ला अदालतको शुक्रबारको फैसलामा भनिएको छ, ‘निवेदकले निवेदनमा माग गर्नु भएको करार ऐन २०५६ को दफा ८७ अन्तर्गतको उपयुक्त आदेश जारी हुनका लागि वस्तुतह निवेदक करारको एक पक्षीय हुनुपर्नेमा सार्वजनिक सरोकारको विषयलाई लिई प्रस्तुत निवेदन परेको देखिन्छ । त्यो कानुनी प्रवधान अन्तर्गत निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । अतः प्रस्तुत निवेदन खारेज हुने ठहर्छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।