भैरहवालाई अन्धकारमय बनाउँदै सडक बिभाग, स्थानीयले गरे बिधुत कार्यालयमा तालाबन्दी

भैरहवा, भदौ २३ । भैरहवामा कति बेला लाइन जान्छ कति बेला आउँछ पत्तै हुँदैन। निर्माणधिन भैरहवा–बुटवल सडक खण्डको एउटा छेउ बाट १३२ केभिए प्रसारण लैजान मोनोपोल राख्न स्वीकृति माग गरिएको थियो। अहिले भैरहवा लगायत क्षेत्रमा लाइन आउने जाने समयको ठेगान छैन।

आज शुक्रबार भैरहवा क्षेत्रबाटै प्रसारण लाइन जाने अमुवामा २०० जनाको हाराहारीमा स्थानीय गएर बिधुत कार्यालय तालाबन्दी गरेका छन्। नेपाल बिधुत प्राधिकरण भैरहवा शाखा यही कारणले आफुहरु तनावमा भएको र धेरै नै कोशिस पनि गरिरहेको बताउँछ। केन्द्र बाट पनि यही कुराको लागी डिएमहरु भैरहवा आइरहेका छन्। अहिले बुटबल प्रसारण लाइन बाट ३२० एमपियर बिद्युत ल्याउन मिल्ने पोल बाट ४०० एमपियर बिद्युत ल्याएको र थप १७० एमपियर बिधुत चाहिएको हुनाले मोनोपोल राखेर बुटवलको योगिकुटी बाट शंकरनगर, भलबाडी, लखनचोक हुँदै रूपन्देहीको मैनहियामा स्टेशन राखेर भैरहवामा बिद्युत पुर्याउने लक्ष्य थियो तर सडक बिभागले स्विकृती नदिएको बताउँछन् भैरहवा बितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुर। भैरहवामा बिद्युतको समस्याले गर्दा हाल बिजुली नभएकै कारण भैरहवामा निर्माण सम्पन्न भएको सेजमा उद्योग स्थापना हुन सकेका छैनन् ।

आगामी वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन पनि सुरुमा विद्युत् नै आवश्यक पर्नेछ । बिद्युत समस्याकै कारण उद्योगमा धेरै समस्या आएको बताउँछन् रिलायन्स सिमेन्टका म्यानेजर जयन्तराज श्रेष्ठ। यहि समस्याका कारण लोडशेडिङको समय भन्दा बेसि ८–१० पटक लाइन काट्दा मेशिन बिग्रने मोटर जल्ने जस्ता समस्या भएको र लाखौको नोक्शानी भोग्न परेको छ । बिद्युत नहुँदा जेनेरेटर प्रयोग गर्नु परेको र त्यसमा डिजेल पनि धेरै खपत हुने हुँदा दोहोरो खर्च भएको बताउँछन् जगदम्बा सिमेन्टका प्रबन्ध निर्देशक बिदुर ढुङ्गाना। बिधुतकै समस्याको कारण उत्पादनमा धेरैनै नोकशानी भएको र मेशिनहरु पनी बिग्रिएको बताउँछन् ब्रिज सिमेन्टका प्रबन्ध निर्देशक रबिरजंन गुप्ता ।

के छ त समस्याको हल र अबको उपाय ?
समस्या झन् दिन प्रतिदिन जटिल हुँदै गएको छ भैरहवामा। हामिले यो समस्याको हल के त बुझ्ने प्रयास गर्यौ र प्रमुख समस्या भनेकै मोनोपोल रहेको छ। यदि मोनोपोल हुन नसकेको खण्डमा तिनाउ नदि हुँदै प्रसारण लाइन ल्याउन सकिने तर त्यो धेरै कठिन रहेको किनकी बाढिको समयमा पोलनै बगाउन सक्ने हुनाले प्रत्यक पोल ढलान गर्नु पर्ने र यसको लागी धेरै समय लाग्ने बताउछन् भैरहवा बितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुर। ठाकुर अर्को उपायको रुपमा मर्चवारहुँदै सम्पतिया बाट १३२ केभिको सब स्टेशन बनाइ माघ भित्र लाइन ल्याउने र सुनौली हुदै ३२ केभि ल्याउने तर भारत बाट ल्याएको लाइनमा कुनै ठेगान नहुने र नेपालको कुनै हात नहुने हुनाले जतिबेला मनलाग्यो त्यतिबेला उनिहरुले लाइन काट्न सक्ने बताउछन्।

के भन्छन् ब्यापारिक मार्ग बिस्तार आयोजना प्रमुख ?
ब्यापारिक मार्ग बिस्तार आयोजना प्रमुख मिस्र भन्छन मोनोपोल भविस्यमा मोनोरेल ल्याउने भएर होला सडक बिभागले मोनोपोललाई अनुमती दिएन र भविस्यमा फ्लाइओभर (आकाशे सडक) बनाउने भएर पनि होला सडक बिभागले अनुमति नदिएको । उनी भन्छन् हाम्रो हातमा केहि हुँदैन सडक बिभागले अनुमति दिने हो बनाउन दिएन।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।