नेपाल आइडलबाट सकियो सागर आलेको यात्रा’ कसले कति भोट ल्याय ? हेर्नुहोस लिस्ट सहित

गत हप्ता प्राप्त भोटको आधारमा ‘नेपाल आइडल’बाट चितवनका सागर आलेमगर बाहिरिएका छन् । गत हप्ताको बिहिबार प्राप्त भएको भोटका आधारमा उनी आउट भएका हुन् । सागरले सबैभन्दा कम भोट प्राप्त गरेका थिए ।

अब, उत्कृष्ट ३ जनाले ‘नेपाल आइडल’को ट्रफिका लागि कतारमा प्रतिस्पर्धा गर्नेछन् । ‘नेपाल आइडल’को फाइनल कतारमा आयोजना हुँदैछ । जिल्ला अदालतमा मुद्दा परेपछि हिजो बिहिबार नेपाल आइडलमा भोटिङको आह्वान गरिएको थिएन । जसकाकारण, पनि गत साताको भोटका आधारमा एकजना बाहिरिएका हुन् । जिल्ला अदालतले शुक्रबार ‘नेपाल आइडल’ विरुद्ध परेको रिट खारेज गरिसकेको छ ।

नेपाली टेलिभिजनमै सर्वाधिक चर्चामा रहेको ‘नेपाल आइडल’मा निशान भट्टराइ, वुद्ध लामा र प्रताप दासविच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । आजको ‘नेपाल आइडल’मा चलचित्र ‘जोनी जेन्टलम्यान’का नायक पल शाह र नायिका आँचल शर्मा चलचित्र प्रचारका लागि पनि पुगेका थिए ।

‘नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट आज एकजना बाहिरिदिैछन् । टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित पनि रह्यो । भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो । नयाँ भोटिङ नगराउनु भन्ने अदालतको आदेशपछि बिहिबारको सोमा भोटिङ खुला गरिएन ।

तर, पछिल्लो भोटिङमा कसले कति मत पाएको थियो भन्ने एक्सक्लुसिभ बिबरण अनलाइनखबरले प्राप्त गरेको छ । जसमा कसले कति मत ल्याए भन्ने विस्तृत बिबरण छ । शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरणअनुसार पछिल्लोपटकको भोटिङमा बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सार्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । यो मत दोस्रो नम्बरमा रहेका प्रताप दासको भन्दा झण्डै साढे दुई लाख बढि हो ।

बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् । दोस्रो नम्बरमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् । उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् ।

तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।

चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।