पैसा, पद, प्रतिष्ठा र सत्तामा बढी ध्यान दिँदा नेपाली काँग्रेस पछाडि पर्यो : नेता डा. महत

भक्तपुर, २४ भदौ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले पैसा, पद, प्रतिष्ठा र सत्तामा बढी ध्यान दिँदा नेपाली काँग्रेस पछाडि परेको बताउनुभएको छ ।

आज नेपाली काँग्रेस मध्यपुर थिमिनगर कार्यसमितिले यहाँ आयोजना गरेको बिपी कोइरालाको १०४ आँै जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान राजनीतिक परिप्रेक्षमा बिपीको विचारको सान्दर्भिकता विषयक विचार गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।

नेता महतले स्थानीय निकायको पदाधिकारीले भत्ता, सेवा र सुविधामा मात्रै ध्यान दिने गरेको पाइएको बताउँदै विकास बजेटसमेत त्यसैमा सिद्धिने चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले बिपी र गणेशमानले सत्ता र पदलाई त्यागेर पार्टीलाई शिरोपर गरेजस्तै काँग्रेसको मूल्य र मान्यतालाई स्मरण गर्दै नेता, कार्यकर्ता अगाडि बढ्नुपर्ने चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व अध्यक्ष विनोद कायस्थले पार्टीभित्रको अन्तर कलहलाई अन्त्य गरेर स्थानीय तहको समीक्षा गर्दै चुनावमा गए फेरि पनि काँग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी हुने दाबी गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, नेपाल महिला संघ भक्तपुरकी अध्यक्ष सरु बानियाँ, क्षेत्र नं १ का अध्यक्ष जीवन खत्री, क्षेत्र नं २ का अध्यक्ष नारायण खायमली, मध्यपुरथिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस मध्यपुर नगरसमितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठलगायतले आगामी मंसिरमा हुने प्रदेश र संसद्को निर्वाचनमा भक्तपुरमा काँग्रेस पहिलो पार्टी बनाउन आवश्यक रणनीति तय गरेर अगाडि जाने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।