नुवाकोटमा यात्रुबस दुर्घटना हुँदा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु, १३ घाइते

नुवाकोट, भदौ २४ । नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरीमा यात्रुवस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका वडा नं ७ थानाभन्याङमा शनिबार मध्यान्हमा यात्रुवस दुर्घटना भएको हो ।

एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विहान सांढे ११ वजे काठमाडौवाट गुर्जेभन्ज्याङ हुदै खरानीटार जाने क्रममा रहेको बा १ ख ६३४८ नम्ंबरको बस सडकवाट एकसय मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार वस्यालले जानकारी दिए । दुर्घटनामा पर्नेको स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।

घटनास्थलको प्रकृति हेर्दा मृतक र घाइतेको संख्या वढ्न सक्ने प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट ट प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ पठाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।