हवाई भाडा निकै सस्तियो, बस भाडा र हवाई भाडा झन्डै बराबरी

काठमाण्डौ, भाद्र २४ । दसैं नजिकिएसँगै विराटनगरबाट काठमाडौंको हवाई भाडा निकै सस्तिएको छ । बस भाडा र हवाई भाडा झन्डै बराबरी छ । यहाँबाट चल्ने माइक्रोबसले १५ सय भाडा लिन्छन् भने हवाई भाडा १७ सय कायम गरिएको छ ।

शुक्रबारबाट एक साताका लागि विराटनगर–काठमाडौंको हवाई भाडा सस्तो भएको हो । ‘आजबाटै हामीले १७ सयमा टिकट काट्न थाल्यौं,’ जागृति ट्राभल्सका सञ्चालक गणेश लामाले भने, ‘हाललाई एक साता भनिएको छ तर यो भाडा दसैंको टीकाका दिनसम्म रहने स्थिति छ ।’ हवाई मार्गबाट काठमाडौं जाने यात्रुहरू कम भएका कारण भाडा यति सस्तो भएको हो । चाडपर्व लाग्न थालेकाले हाल काठमाडौंबाट विराटनगर आउने यात्रुको चाप भने बढेको छ ।

दैनिक ६ सयभन्दा बढी यात्रु विराटनगर विमानस्थलबाट काठमाडौं जाउजाउ गर्छन् । केही दिनयता डेढ सय पनि नभएपछि एयरलाइन्सले भाडा घटाएका हुन् । ‘दसैं लागेजस्तो छ, विराटनगर आउने यात्रु छन् तर यताबाट जाने ह्वात्तै घटे,’ यती एयरलाइन्सका स्टेसन मेनेजर प्रेम कुँवरले भने, ‘त्यसैले भाडा घटाउनुपरेको हो ।’ यात्रुको चाप हेरेर भाडा बढाइने कुँवरले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖