चितवनमा गुडिरहेका दुई बस आपसमा ठोक्किए, तीन जनाको मृत्यु

काठमाण्डौं, २४ भदौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ पिप्लेमा दुईवटा बस आपसमा ठोक्किँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अरु २४ घाइते भएका छन् । नारायणगढबाट वीरगन्ज जाँदै गरेको ना५ख ८७०६ र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ९१२५ नम्बरको आपसमा ठक्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक दुई पुरुष र एक महिलाको सनाखत हुन सकेको छैन । घाइतेको भरतपुर मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।