हतियारसहित भारतीय नागरिक पक्राउ

पर्सा, २५ भदौ । हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी एक थान कटुवा पेस्तोलसहित पक्राउ परेका भारत विहारको पूर्वी चम्पारण रक्सौलको मौजे निवासी महम्मद शम्शेरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

नियमित चेकजाँचका क्रममा शम्शेरलाई गएराति वीरगन्जको बाइपास सडकखण्डको रामटोलबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।

उहाँले विआर २२ एम ३२६३ नं को मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका शम्शेरमाथि शंका लागी चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनी एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन थान गोलीलगायत प्रतिबन्धित सामान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।

पक्राउ परेका भारतीय नागरिक शम्शेरले वीरगन्जको सुन व्यापारीलाई लुट्न आएको बयानमा बताएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिनुभयो । हातहतियार मुद्दामा छ वर्ष अगाडि पक्राउ परेर चारवर्ष कैद भुक्तान गरी दुई वर्ष अगाडि शम्शेर रिहा भएको जानकारी दिँदै उहाँले पुनः वीरगन्जको सुन व्यापारीलाई लुट्ने योजनासहित वीरगन्ज छिरेको बताउनुभयो ।

विसं २०६८ असार १४ गते वीरगन्जको माइस्थानस्थित अलंकार ज्वेलर्समा लुटपाट गर्ने क्रममा शम्शेरलाई प्रहरीले पक्राउ गरेको थियो । हतियारसहित पक्राउ परेका शम्शेरलाई हातहतियार खरखजाना ऐन, २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।