छोराको खुकुरी प्रहारबाट आमा घाइते, धरानमा उपचार हुंदै
दमक,भदौ २६ । झापाको दमक नगरपालिका– ५ मा आइतबार छोराको खुकुरी प्रहारबाट आमा घाइते भएकी छिन् ।

२४ बर्षिय छोरा शिव कुमार सतारले अपरान्ह ४ बजेतिर सोही ठाउँका १८ बर्षिय दिनेश भुजेल संग लेनदेनको विषयमा झगडा गरेपछी आमा ३८ बर्षिय रेखा सतारले छुट्याउने क्रममा शिवले आफ्नै आमामाथि खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट गंभिर घाइते बनेकी रेखाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ । शिव फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


