पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिने कानुन बनाउन कांग्रेसको प्रस्ताव, एमाले र माओवादी मौन !

काठमाण्डौं, २६ भदौ । सत्तारुढ नेपाली कांग्रेसले पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिनुपर्ने प्रस्ताव गरेको छ । पूर्व पदाधिकारीको सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सोमवार संसदको राज्यव्यवस्था समिति बैठकमा भएको छलफलमा कांग्रेस सांसदहरुले पेन्सनको प्रस्ताव राखेका हुन् ।

कांग्रेस संसदीय दलकी सचेतक इश्वरी न्यौपाने, अर्जुन जोशी लगायतले सांसदलाई राज्यले पेन्सन लगायत सुबिधा उपलव्ध गराउनुपर्ने र विधेयकमा यो पनि व्यवस्था थप्नुपर्ने माग गरे ।

सचेतक न्यौपानेले भनिन्, ‘पूर्वसांसद जस्तो सम्मानित व्यक्तित्वहरुलाई राज्यले बेवास्ता गर्दै आएपनि अब त्यसो गर्नु हुँदैन ।’

कांग्रेसका अर्का सांसद अर्जुनप्रसाद जोशीले निष्ठापूर्वक जनताको सेवा गरेका पूर्वसांसदहरुलाई पनि पूर्व पदाधिकारीको मान्यता दिइ सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखे ।

यसैगरी जनमोर्चाका सांसद चित्रबहादुर केसीले भने जनतामाथि एकपछि अर्को पीडा थपिएको बेला पूर्व सांसदहरुलाई सुविधा दिने विषय उठाउन नहुने टिप्पणी गरे ।

यस विषयमा एमाले र माओवादी केन्द्रका सांसद भने यसबारे मौन बसेका छन् ।

सरकारले संसदमा पेश गरेको विधेयकमा पूर्व सांसदलाई पेन्सन दिने व्यवस्था छैन । पूर्व राष्ट्रपतिलाई मासिक पचास हजार रुपैयाँ र पूर्व उपराष्ट्रपतिलाई मासिक चालीस हजार रुपैयाँ पेन्सन वृत्ति उपलव्ध गराउने विधेयकको प्रस्ताव छ ।

त्यस्तै पूर्व राष्ट्रपतिलाई काठमाण्डु उपत्यकामा आफ्नो वा आफ्नो एकाघरको परिवारको सदस्यको नाममा घर नभएमा मासिक २ लाख रुपैयाँ उपलव्ध गराउने प्रस्ताव छ । अन्य पूर्व पदाधिकारीलाई घर भाडा बापत मासिक ५० हजार उपव्ध गराउने प्रस्ताव छ ।

पूर्व पदाधिकरी भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषदका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा वा संविधानको अध्यक्ष भई निवृत्त भएको व्यक्तिलाई जनाउने विधेयकमा उल्लेख छ ।

सो विधेयकमा आवश्यक सुझावसहित संशोधन गर्न राज्य व्यवस्था समितिले कांग्रेस सांसद जीवनवहादुर शाहीको संयोजकत्वमा एक उपसमिति गठन गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।