नेपाललाई दीर्घकालीन रुपमा द्वन्द्वमा फसाउने प्रयासलाई नेपाली जनताले असफल पारे : ओली

काठमाण्डौं २७ भदौ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दीर्घकालिन रुपमा साम्प्रदायिक द्वन्द्वमा फसाउने प्रयासलाई नेपाली जनताले असफल पारिदिएको बताउनुभएको छ । सामाजिक सद्‌भावको महत्वलाई बुझेका नेपाली जनताले निर्वाचनको माध्यमबाट यस्तो अभियानका अभियन्तालाई परास्त गरेको बताउनुभयो ।

तराईका बाढी पीडितलाई सहयोग गर्नका लागि एमाले ललितपुर क्षेत्र नम्बर ३ ले सङ्कलन गरेको रु.३ लाख २५ हजार ७ सय ८० रुपैंया राहत रकम आज आफ्नै निवास बालकोटमा बुझ्दै ओलीले एउटा भूगोल र समुदायमा विपद् पर्दा अर्को भूगोलले सद्‌भाव देखाउने नेपालीहरूको परम्परागत संस्कार भएको बताउनुभयो । ‘नेपालीको यो आत्मीयताको सँस्कारलाई बिथोल्न थुप्रै व्यक्ति र संस्थाहरू लागि परे’ ओलीले भन्नुभयो ‘भुगोल, जाती, धर्म आदिका नाममा नेपालीमा फाटो ल्याउन भएका सबै प्रयासलाई नेपाली जनताले निष्क्रिय पारेका छन् ।’पछिल्ला दुई दशक नेपालमा द्वन्द्व उद्योग गर्नेहरू धेरै फस्टाएको ओलीले बताउनुभयो ।

नेपालको जातीय विविधता,भाषिक र सांस्कृतिक विविधतामा द्वन्द्वको बिउ रोपेर यसबाट छाक टार्नेहरूको बिगबिगी भएको ओलीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपाली समाजले द्वन्द्वलाई तिरस्कार गरेपछि त्यसको व्यवस्थापनका नाममा उद्योग गर्नेहरू पनि अहिले फस्टाएका छन् । यस्ता व्यक्ति वा संस्थाहरूबाट सजग हुनुपर्दछ ।’

केही तत्त्व अझै पनि २ नम्बर प्रदेशमा द्वन्द्वको खेती गर्न सक्रिय भइरहेको ओलीको धारणा छ । ‘यी सबै तत्त्वलाई जनताले निर्वाचन मार्फत परास्त गरेर सहिष्णु समाज निर्माणको आधार तय गर्नेछन् ।’

राहत रकम सङ्कलन समितिका संयोजक रघुनाथ महर्जनका अनुसार उक्त रकम पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक र सहयोगीहरुबाट सङ्कलन गरिएको हो ।

राहत रकम नेकपा(एमाले) केन्द्रीय कार्यालयले सञ्चालन गरेको नेकपा एमाले प्राकृतिक विपत्ति कोषको खातामा जम्मा गरेर तराईका बाढी पीडितलाई अविलम्ब पुर्याइने व्यवस्था गरिने ओलीले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।