आकर्षक तलब सुविधा सहितको रोजगारीका लागि रुस लैजाने भनी हंगेरी पुर्याई अलपत्र पार्ने व्यक्ति पक्राउ

काठमाडौँ, २७ भदौ । आकर्षक तलब सुविधा सहितको रोजगारीका लागि रुसको मस्कोमा लगिदिने भनी दुई व्यक्तिबाट रकम उठाई अलपत्र पार्ने कार्यमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत देहरादुन घर भई काठमाडौँ, हाँडीगाउँ बस्ने सुरजलाल जोशीले दाङ धनौरी घर भएका वसन्त बस्नेत र दंगीशरण बस्ने कमल ओलीलाई मस्को पठाइदिने भनी रु १० लाख ७० हजारका दरले दुई जनाबाट रु २१ लाख ४० हजार लिएको प्रहरीले जनाएको छ ।

उनले पीडित दुई जनालाई गत वर्ष जेठ २१ गते भारतको दिल्लीमा निज सुरजलाल जोशीले लिन पठाएका एकजना दलाल व्यक्तिले दिल्लीबाट युक्रेन हुँदै हंगेरीको बोर्डरमा पु¥याएका थिए । अलपत्र परेका उनीहरु ६ महिनापश्चात् नेपाल फर्की पीडक जोशीविरुद्ध मुद्दा हालेका थिए ।

सो पश्चात् महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जोशीलाई सोमबार टेकुबाटै पक्राउ गरी ठगी मुद्दामा आवश्यक अनुसन्धान कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर, टेकु काठमाडौँमा पठाएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।