राँगो पालेरै मासिक ९० हजार आम्दानी

कञ्चनपुर, २९ भदौ । राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ ।

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले पालेको राँगाले मासिकरुपमा ९० हजार रुपैयाँभन्दा बढी कमाइ गर्दै आएको छ । भैंसीमा गर्भाधान गराएर मासिकरुपमा राँगाबाट रानाले आम्दानी गर्दै आएका हुन् । दैनिक तीनवटा भन्दा बढी भैँसीमा राँगाले गर्भाधान गर्दै आएको छ ।

नगरपालिका क्षेत्रका अधिकांश भैँसीपालकले उन्नत नश्लको राँगा भएकाले रानाकहाँ ल्याउने गरेका छन् । एउटा भैँसीलाई गर्भाधान गराएबापत रानाले एक हजार रुपैयाँ लिनुहुन्छ । उनले चार वर्षअघि ३५ हजारमा रुपैयाँ खरिद गरेको राँगाले मनग्य आम्दानी दिन थालेको छ ।

पाँचजना परिवारको लत्ताकपडा, खाद्यान्न र दैनिक खर्च राँगाको कमाइले धानिँदै आएको रानाले बताए । राँगाको कमाइबाट आउने रकमले उनले दुई लाख रुपैयाँ खर्चेर घरमै किराना पसल खोले । किराना पसल र राँगाको कमाइ गरी मासिकरुपमा एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको राना बताउँछन् ।

राँगा पाल्नका लागि उनले एक बिगाहा खेत वार्षिकरुपमा २५ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिई घाँसखेती गर्दै आएका छन् । राँगालाई तन्दुरुस्त पार्नका लागि दैनिक ब्रान, गुड, खली र भिटामिन घाँससँगै मिसाएर खुवाउने गरेका छन् ।

‘घरमै बसीबसी वैदेशिक रोजगारीमा गएकाहरुभन्दा बढी कमाइ हुन थालेको छु’, रानाले भने । राँगा नै आम्दानीको स्रोत भएपछि घरका सबैजना दैनिक राँगाको स्याहार सुसारमा खट्ने गरेका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।