खुल्ला आकाशमा रात कटाउँदै आएका गंग बहादुरको परिवारलाई अष्ट्रेलियाबाट सहयोग

धनकुटा खबर / तेह्रथुम, ३० भाद्र । चेतना अभाबका साथै आर्थीक कम्जोरीका कारण बास बस्ने ओत नहुँदा खुल्ला आकाशमा रात कटाउँदै आएका गंग बहादुर लिम्बुलाई अष्ट्रेलियाबाट सहयोग भएको छ ।

लिम्बुको बारेमा समाचार बिभीन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भए सँगै कलाकार यासेली योङहाङको सकृयतामा किराँत याक्थुङ चुम्लुङ अष्टे«लियाले चलाएको अभीयानमा संकलित रकम एक कार्यक्रमका बिच बिहीबार जिल्ला सदरमुका म्याङलुङमा हस्तान्तरण गरीएको छ । चुम्लुङद्धारा संकलित ५० हजार २ सय ३० रुपैयाँ योङहाङले लिम्बुका छिमेकी अर्चना खड्का र सिता तुम्खेवालाई पिडित सम्म पुर्याउनका निम्ती हस्तान्तरण गरीएको चुम्लुङ तेह्रथुमले जनाएको छ । रकम हस्तान्तरण सँगै लिम्बुको घर निमार्णका साथै बचेको रमकलाई उहाँको छोराहरुको पढाईमा खर्चीन योङहाङले सल्लाह दिनु भएको थियो ।

लिम्बुको समाचार प्रकाशन सँगै मलेसियामा रहनु भएका कुुमार सुब्बाको सकृयतामा जस्ता खरिदका लागी यस अघी सहयोग प्रदान गरी सकिएको छ । आर्थीक कम्जोर रहेको लिम्बुको घर २०७२ सालको भुकम्पले क्षती गरे सँगै बास बस्ने घर बनाउन नसक्दा खुल्ला आकाशमा रात कटाउनु पर्ने बाध्यता बन्दै आएको हो । २ छोरा र श्रीमती रहेको लिम्बुको परिवारमा चेतना बिकास नहुनका साथै आर्थीक कम्जोरीका कारण बास बस्ने घर बनाउने कुनै माध्यम नबने पछि सानो छाप्रोमा रात कटाउनुको बिकल्प नरहेको बताउनु हुन्छ ।

नानीहरु सानै छन् आफुले उब्जाएको कमाईले २ महिना पनि धान्दैन अरुको ज्याला मजदुरी गर्दै परिवारलाई धान्दै आएका लिम्बुको परिवारमा उनका श्रीमती र लिम्बुले ज्याला मजदुरीबाट कमाएको रकमले हातमुख जोड्न पनि धौ धौ रहेकोले बास बस्ने घर बनाउन नसकेको बताउनु हुन्छ । सानो छाप्रोमा रहेको लिम्बुको परिवार पानी झरी पर्दा छिमेकीकोमा गुहार माग्दै पुग्ने गरेको छिमेकी मन बहादुर खड्ककाले बताउनु भयो । आर्थीक कम्जोरकै कारण नानीहरुलाई एकसरो कपडा लगाउन समस्याका साथै एक छाक खाना खान समेत धौ धौ भएको अबश्था रहेको छ ।

उनका साना नानीहरु बिद्यालय गए पनि चेतना बिकास नहुँदा नानीहरुको जन्मदर्ता नगर्दा नियमित रुपमा बिद्यालय नजाने गरेका छन् । भुमिहिन लिम्बुको घर भुकम्पले क्षती गरे सँगै राज्यले दिने राहातको नाममा ५ हजार बाहेक अरु केही राहात पाएका छैनन् । बास बस्ने झुपडी नहुँदा सानो छाप्रोमा नै खाना पकाई तुल्याई सँगै रात कटाउनु पर्ने बाध्यता रहँदै आएको छ । कलिला नानीहरु जाडोमा एकसरो लुगा लगाउन समस्याका साथै पेटभरी खान अन्न घरमा नहँुदा लिम्बुको बालबच्चाहरुको भबिष्य अन्धकारमा झेलिन्दै गएको परिवारलाई सहयोगले केही राहात पुग्ने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।