नेपाली सेनालाई स्रोतसाधन सम्पन्न बनाउन रक्षामन्त्रीको निर्देशन

काठमाडौँ, ४ असोज । रक्षामन्त्री भीमसेनदास प्रधानले विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पु-याउँदै आएको नेपाली सेनालाई स्रोत र साधन सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको आजको बैठकमा ‘विपद् व्यवस्थापन तथा विकास निर्माणका सम्बन्धमा भइरहेको प्रयास र प्रगतिबारे जानकारी दिँदै उहाँले तराईमा डुबान हुँदा, बाढीपहिरो जस्ता विपद् आउँदा उद्धार तथा राहत बाँड्ने कार्यमा नेपाली सेनाको योगदान महत्वपूर्ण भएको बताउनुभयो ।

मन्त्री प्रधानले भन्नुभयो, “नेपालमा बाढीपहिरोको समस्या सधैँ भइरहन्छ । यसका लागि अबदेखि अगाडि नै आवश्यक सामग्रीका साथ तयारी अवस्थामा बस्नुपर्छ ।” बन्न लागेको विपद् व्यवस्थापन ऐनका बारेमा बृहत् छलफल गरी प्राकृतिक प्रकोप न्यून गर्न जरुरी भएको उहाँको भनाइ थियो ।

प्रधानसेनापति रवीन्द्र क्षेत्रीले नेपाली सेना राष्ट्रको विकास निर्माणको काममा हातेमालो गर्न पाउँदा गौरवान्वित महसुस भएको उल्लेख गर्दै क्षमताले भ्याएसम्म जिम्मेवारी आएमा वहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आकस्मिक उद्धारका लागि सेनाका लागि एयर एम्बुलेन्स जरुरी भएको पनि उल्लेख गर्नुभयो । स्वयम्भू बारुदखाना काठमाडौँका बढी भीडभाडपूर्ण वस्तीमा रहँदैआएकाले त्यसलाई बाहिर स्थानान्तरण गर्ने तयारी रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।

प्रधानसेनापति क्षत्रीले सीमामा देखिएका समस्याको कूटनीतिक पहलबाट समाधान खोज्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

बैठकमा सांसद बालकृष्ण खाँण, डा गंगाधर पराजुली, रवीन्द्रप्रताव शाह, लोकमणि ढकाल, विक्रमबहादुर थापा, सन्तकुमार दरै, टीकाराम चेम्जुङ, रेखा शर्मा, श्यामप्रसाद ढकाल र प्रेम सुवालले विपद् व्यवस्थापनमा खटिने नेपाली सेनालाई आगामी दिन स्रोतसाधन सम्पन्न बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

बैठकले नेपाली सेनालाई स्रोतसाधन सम्पन्न बनाउन रक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसैगरी, घुम्ती र मोड घटाउन लघु सुरुङ मार्ग बनाउन दीर्घकालीन योजना अघि ल्याउन नेपाली सेनालाई निर्देशन पनि दिइएको छ ।

त्यसगैरी, उद्धार कार्यका लागि प्रत्येक प्रदेशमा एक/एक वटा हेलिकप्टर (एमआइ–१७) र तीन वटा साना हेलिकप्टर नेपाली सेनालाई उपलब्ध गराउन बैठकले रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।