८८ किलो सुन प्रकरणमा पाँच पक्राउ

काठमाडौँ, ४ असोज । महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी वटुका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसल खार्नी वटुकै नन्दकुमार मर्गलेलाई सोमबार पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख दिवेश लोहनीले आज पत्रकार सम्मेलनमा बडूसँग रु १० लाख ८२ हजार नेपाली रुपैयाँ, आठ हजार भारतीय रुपैयाँ र एक हजार १०० अमेरिकी डलर, अग्रवालसँग रु १३ लाख नेपाली रुपैयाँ र शाक्यसँग रु एक करोड ४२ लाख नगद र एक केजी २०९ ग्राम सुन बरामद गरिएको जानकारी दिनुभयो ।

उनीहरुलाई सहयोग गर्दै आएका सालुखे र मर्गलेलाई समेत पक्राउ गरिएको छ । प्रमुख लोहनीका अनुसार घटनामा योभन्दा धेरैको सहभागिता देखिएको छ र यस प्रकरणमाथिको अनुसन्धान जारी छ ।

महाशाखाको टोलीले गत भदौ १९ गते काठमाडौँको क्षेत्रपाटीबाट बा१७च ६४२७ नंको टाटा सफारी गाडीसहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।