२ नं. प्रदेश को चुनावी परीणाम संगसगै आयो ओलीको यस्तो प्रतिक्रिया…

एक्लै कोही पनि हामीसँग मुकाविला गर्न सक्दैन एमालेविरुद्ध मोर्चावन्दी भयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश २ को चुनावी परीणामलाई लिएर बिचलित नहुन पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् ।

पार्टी केन्द्रीय कमिटीको ८ औं बैठकलाई सम्बोधन गर्दै ओलीले प्रदेश २ मा एमालेविरुद्ध मोर्चावन्दी भएको बताए । त्यसका बावजुद एमालेको कमजोर परीणाम नआएको बताउँदै उनले भने, ‘होला, १०/२०, १००/५० भोटले हारेको पनि होला । कतिपय धाँदली गरेर हराइएको होला । तर, छ्या है भन्ने गरी आएको छैन ।’ कुनै ठाउँमा धक्का खाएको भए सावधान हुनुपर्ने बताउँदै उनले भने, ‘हतोत्साहित हुनु पर्दैन ।’

एमाले अध्यक्ष ओलीले केन्द्रमा एमालेको बहुमतको सरकार बन्ने दाबी गरे । ‘एक्लै कोही पनि हामीसँग मुकाविला गर्न तयार छ्रैन,’ एमालेविरुद्ध बेग्लै ढंगले तयारी भइरहेको भन्दै उनले भने, ‘आगामी सरकार एमालेले बनाउँछ, केन्द्रमा बहुमतका साथ बनाउँछ । प्रदेशहरुमा पनि बहुमतका साथ सरकार बनाउँछ ।’

एक वर्षदेखि बस्न नसकेको नेकपा एमालेको केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु भएको हो । १२ असोज ०७३ यता एमालेको केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।

तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बैठकमा एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।