दशैंको मुखैमा पूर्वराजा ज्ञानेन्द्रको यस्तो घोषणा !

काठमाडौ, असोज ६ । यसपटक दशैंको टीका नलगाउने पूर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन् । उनले शक्तिपीठहरुको दर्शन पनि नगर्ने बताएका छन् ।

देशमा प्राकृतिक विपत्ती आएको भन्दै दशैंमा टीका नलगाउने र शक्तिपीठको दर्शन नगर्ने उनले बताएका हुन् । पूर्वराजा शाहले दशैंको अष्टमीको दिन शक्तिपीठहरुको दर्शन गर्दै आएका थिए ।

आफूलाई केही हप्ता आराम गर्नुपर्ने र बाढी पहिरोले सर्वसाधारणको दैनिकी असहज भएकाले यो निर्णय गरेको पूर्वराजा शाहले बताएका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्नो प्रार्थना, चिन्ता र चासो समग्र नेपालीको हित र सम्मुनतीमा भएको उल्लेख गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।