४ श्रष्टा सम्मानित !

धनकुटा खबर । विभिन्न तवरले नेपाली कला र संस्कृतिको जगर्नामा लागेका ४ जना व्यक्ति सम्मानित भएका छन् ।

विभिन्न क्षेत्रबाट नेपाली लोक संस्कृतिको जगेर्नामा लागेको भन्दै हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपालले लोक गायीका लक्ष्मी न्यौपाने, जगन्नाथ भण्डारी, निर्मला राना र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीलाई शुक्रबार सम्मान गरेको हो ।

नेपालको लोक भाका र लोक संस्कृतिको जगेर्ना गर्न स्थापित हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको दशैं विषेश सांगीतिक तथा श्रष्टा सम्मान कार्यक्रममा उनीहरुलाई संस्कृति तथा नागरिक उडड्यन राज्य मन्त्री सुमित्रा थारुनी र प्रतिष्ठानका अध्यक्ष रत्न पुलामी मगरले दोसल्ला ओढाई सम्मान गरेका हुन् ।

सो कार्यक्रममा विभिन्न कलाकारहरुले लोक भाका प्रस्तुत गरेका थिए भने आकर्षक नृत्यहरुसमेत प्रस्तुत गरिएको थियो । सोही अवसरमा गायक पासाङ लोप्चनको गीति संग्रह ‘उद्यान’ को पनि विमोचन गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।