काङ्ग्रेसको पार्टी कार्यालय भित्रै यस्तो हर्कत, ६ जना रंगेहात पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगर ९ स्थित कांग्रेसको वडा कार्यालय रहेको घरबाट ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

कांग्रेसको वडा कार्यालय भित्र तास खेलिरहेको अवस्थामा उनीहरुलाई शुक्रबार अपरान्ह तीन बजे प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा छापा मार्दा प्रहरीले रंगेहात जुवाडे पक्राउ गरेको भएपनि उनीहरुको नाम र बरामद नगद गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता विष्णुहरी कोइरालाले जुवाडे पक्राउ गरेपनि आफू कार्यालय बाहिर रहेको भन्दै यसबारे पूर्ण जानकारी नभएको बताए । ‘के रहेछ म बुझेर जानकारी गराउँला,’ भन्दै उनले थप सूचना दिन मानेनन् ।

स्रोतका अनुसार प्रक्राउ परेका जुवाडेहरु कांग्रेस कार्यकर्ता समेत रहेको प्रहरीले गोप्य राख्न खोजेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।