ओलीज्यू ! यो त सत्ताको मोह भएन र ?

सविता सापकोटा / धनकुटा खबर
जसरी नेपालमा बसाई सराई गर्ने क्रम बढ्दोछ त्यसरी नै राजनीतिमा पार्टी छोड्ने र अर्को पार्टीमा लाग्ने प्रचलन बढ्दै गएको छ । लोकतान्त्रिक देशमा जसलाई जुन पार्टीमा जान मन लाग्छ जाने स्वतन्त्रता छ । पार्टी फेर्ने मात्रै नभएर पार्टीमा नै नबस्ने स्वतन्त्रता पनि उत्तिकै हुन्छ लोकतन्त्रमा ।

कलाकार र पत्रकारहरु पनि राजनीतिमा सक्रिय हुने त पुरानै चलन हो । पछिल्लो समय यो लहर झनै बढेको छ । राजनीतिक दलका नेताहरु पनि चर्चा कमाएका सेलिब्रिटीहरुलाई आफ्नो पार्टीमा भित्र्याउन इच्छुक छन् ।

बिडम्वना के भने, रहरै रहरमा पार्टी प्रवेश गर्ने त्यस्ता सेलिब्रिटीहरु पार्टी्भित्र म्युजियम र चिडियनखानाका जन्तु जस्तै बानेका छन् । तिनिहरु आफ्नै विवेकबाट चल्ने र राजनीतिक निर्णय गर्ने भन्दा पनि राजनीतिमा पनि सस्तो लोकप्रियता खोजिरहेका छन् । आम जनता र कार्यकर्ता पनि उनीहरुलाई पार्टीको नेता भन्दा पनि सेलिब्रिटीकै रुपमा देख्छन् ।

अहिले चर्चा त कलाकार तथा संचारकर्मी कोमल वलीको । राप्रपा नेपालबाट सुरु भएको उनको औपचारिक राजनीतिक यात्रा अब एमालेसम्म पुग्यो । एमालेका नेताहरुसँग सांसद पद चाहिने ‘बार्गे्निङ’ गरी पार्टी प्रवेश गर्न लागेको कुरा पनि बुझिएको छ ।

२ दशक बढी लामो सरकारी जागिर छोड्दै राप्रपा प्रवेश गर्दा कोमल वलीलाई बैचारिक आस्थाको आधारमा पार्टी रोजेको गुन्जायश थियो । तर राप्रपा फुटेपछि कमल थापा र पशुपति शमशेर राणा दुवै एक्लाएक्लै कमजोर नेताको रुपमा चिनिए । कोमल वली भने असुरक्षित महसुश गरिन् ।

त्यही असुरक्षाबाट मुक्त भएर सुरक्षित स्थानको खोजमिा उनी एमालेमा पुगिन् । यसले पनि प्रमाणित गर्छ कि, कोमल वली राजनीतिक आस्थाको आधारमा भन्दा पनि फेरि पनि चर्चाकै लागि राजनीतिमा छिन् ।

जुनसुकै पार्टीको ऐतिहासिक पृष्ठभुमि हेर्ने हो भने चर्चा र सस्तो लोकप्रियता भन्दा पनि सामाजिक उत्तरदायित्व बोध बढी देखिन्छ र देखिनुपर्छ । राणा शासन देखि पन्चायत काल हुँदै ज्ञानेन्द्रको शासनकालमा पनि राजनीति गर्नेहरु चर्चाको लागि ध्यान दिएनन् । बरु उनीहरु आफू मरेरै पनि देशको परिवर्तन होस्, स्वतन्त्रता आओस् भन्नेमै केन्द्रित थिए । कोमल वलीले पक्कै इतिहास हेरेको हुनुपर्छ । यदी छैन भने साहना प्रधान र सैलजा आचार्यहरुको राजनीतिक संघर्ष पढ्नुस् । केही थाहा हुनेछ राजनीति के हो । राजनीतिक आस्था र बिचार के हो ?

तपाईँको पार्टी परिवर्तन गर्ने अधिकारप्रति केही भन्नु छैन, तर पार्टी फेर्ने शैली हेर्दा लाग्छ, सरासर पदलोलुपता नै हो । सांसद बनाउने शर्त राख्दै कोही कुनै पार्टीमा जान्छ भने त्यो घोर अनैतिक र बेइमानी हो । कोमल वलीले जतिसुकै आदर्शको कुरा गरे पनि उनको पछिल्लो राजनीतिक दहीचिउरे प्रबृत्तिले राजनीतिक उचाइ बढाउँदैन घटाउँछ मात्रै ।

त्यसो त, कोमल दिदीले सक्रिय राजनति गर्न थालेको धेरै भएको छैन । सत्ताको केही स्वाद चाखे पनि प्रत्यक्ष सत्ता चलाउने तहमा पुग्नुभएको छैन । तपाईँ र तपाईँका अधिकांश फ्यानलाई त तपाईँ सांसद वा मन्त्री बनेको देख्ने इच्छा होला । तर मलाई त लाग्छ, पिँधबिनाको लोटा जस्तै तपाईँको राजनीतिले तपाईँलाई मन्त्री बनाए पनि राजनीतिक इमान दिनेछैन ।

तपाईँ जागिर खाने बेला नेपाली कांग्रेससँग निकट हुनुहुन्थ्यो । राप्रपाको माहोल बढेको बेला जागिर छोडी राप्रपामा प्रवेश गर्नुभयो । राप्रपा फुटेपछि सांसद बन्ने शर्त राख्दै एमालेमा पुग्नुभयो । पछि एमाले पनि कमजोर होला वा चुनावमा पराजित होला त्यसपछि कुन पार्टीमा जाने कोमल दिदी ? यसैले पनि दहिचिउरे शैली त्याग्नुस्, राजनीतिमा इमान खोज्नुस् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।