काठमाडौँदेखि पोखरासम्म जोड्ने अत्याधुनिक सुविधा सम्पन्न बस सञ्चालन

काठमाडौं । राजधानी काठमाडौँदेखि प्रमुख पर्यटकीय शहर पोखरासम्म जोड्ने अत्याधुनिक सुविधा सम्पन्न दुई वटा पर्यटकीय बस सञ्चालनमा ल्याइएको छ। यातायातका साधनमा लामो समयदेखि लगानी गर्दै आएको जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधासहितको सुपर डिलक्स बस शुक्रबार पोखरा र शनिबार काठमाडौँबाट सञ्चालनमा ल्याएको हो।

नेकपा (एमाले) कास्कीका सांसद एवं व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारी जगदम्बा ट्राभल्सले भित्र्याएको यस्तो बसले नेपालको मान प्रतिष्ठा बढेको बताए। उनले यातायात सञ्चालनमा देखिएका समस्या समाधान गर्न चाहिने ऐन, कानून निर्माणमा आफूले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारी बसमा रिमोर्ट सिस्टमबाट सिट फोल्डिङ गरेर सुत्न सकिने, मसाज गर्न सकिने, पत्रपत्रिका तथा किताब पढ्न मिल्ने सेवासमेत रहेको बताए। अधिकारी उक्त बस दक्षिण एशियाकै उत्कृष्ट भएको दाबी गरे।

कूल २६ सिट रहेको उक्त बसमा यात्रुका लागि भने २१ सिट छुट्याइएको छ। बाँकी पाँच सिट बसका चालक, सहयोगी चालक र बसभित्र काम गर्ने कर्मचारीका लागि राखिएका छन्। बसभित्र टेलिभिजन, खाना, खाजा, चिया, कफी, चिसो, चकलेट, शौचालय आदिको सुविधा रहेको छ।

प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारी बसमा रिमोर्ट सिस्टमबाट सिट फोल्डिङ गरेर सुत्न सकिने, मसाज गर्न सकिने, पत्रपत्रिका तथा किताब पढ्न मिल्ने सेवासमेत रहेको बताए। अधिकारी उक्त बस दक्षिण एशियाकै उत्कृष्ट भएको दाबी गरे।

सरकारले काठमाडौँबाट पोखरासम्मको आनन्ददायी सवारी साधनको बस भाडा प्रति व्यक्ति रु ८०० कायम गरे पनि यो बसभित्र खाना, खाजा, चिया, कफी, मनोरञ्जन, इन्टरनेट सुविधा, शौचालय लगायतका सुविधा भएकाले नेपालीलाई रु दुई हजार २०० र विदेशीलाई रु दुई हजार ७०० कायम गरिएको छ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला उक्त बस सञ्चालनसँगै नेपालको यातायात क्षेत्रले विश्वलाई चुनौती दिएको बताउँछन्। ‘अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन यस्ता बसले धेरै सहयोग पुग्दछ’, उनी भन्छन्। महासचिव सिटौला पूर्वाधारको अभाव भए पनि यातायात व्यवसायीले नेपालको यातायात क्षेत्रमा ठूलो लगानी गरेको जनाए।

विसं २०२९ मा दुई वटा बसबाट सञ्चालन भएको पृथ्वी राजमार्गमा हाल एक हजार ३५५ बस सञ्चालनमा छन्। ती सबै बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत सञ्चालित छन्।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाही पृथ्वी राजमार्गमा दैनिक हजारौँ सवारी साधन आवतजावत गर्ने गरे पनि शनिबारदेखि शुरु भएको यी बस नेपालकै सबैभन्दा बढी सुविधासम्पन्न बस भएको बताउँछन्। समयको मागसँगै सवारी साधनको स्तरवृद्धि गर्दै लगिएको उनले सुनाए।

प्रतिबस करिब रु दुई करोड लगानी परेको कम्पनीले जनाएको छ। ती बस अमेरिकाबाट सिट आयात गरी भारतमा टाटाको अत्याधुनिक च्यासिज हालेर बस तयार गरिएको हो।

बस पोखराको होटल पस्र्याङबाट बिहान ८ बजे काठमाडौँका लागि छुट्ने र काठमाडौँको होटल अन्नपूर्णबाट बिहान ७.४५ बजे पोखराका लागि छुट्ने तालिका रहेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।