बोलेरो दुर्घटनामा ६ को मृत्यु, पाँच जनाको सनाखत

धुलिखेल। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

आज बिहान बनेपाबाट डाँडापारि जाने क्रममा निगाले पुग्दा बिहान पौने ११ बजेतिर बा १४ च ९५५६ नंको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

मृतकको सनाखत हुन बाँकी छ । उहाँका अनुसार गाडीमा १७ जना सवार थिए । “घटनामा ६ जनाको मृत्यु भएको खबर आएको छ, बाँकी ११ जना घाइतेको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पुगिसकेको छ”, थापाले भन्नुभयो ।

काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि सडक सञ्जालले जोड्न नसकिरहेका क्षेत्रमा सडक पुगेको ठाउँसम्मका लागि दशैँंमा घर जानेले सो गाडी रिजर्भमा लगेको बुझिएको छ । घाइतेलाई उपचारका लागि काठमाडौँंमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

पाँच जनाको सनाखत

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखरआम्बोटेको निगालेमा बोलेरो दुर्घटना हुँदा मृत्यु भएका छ जनामध्ये पाँच जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक रविराज थपलियाका अनुसार मृत्यु हुनेमा महाभारत गाउँपालिका– २ का ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया म्हेन्दोमाया जिम्बा, २७ वर्षीया मनिषा मोक्तान, १९ वर्षीया कुमारी जिम्बा र अर्का एक जना पुरुषको सनाखत हुन बाँकी छ ।

एक वर्ष आठ महिनाकी कृष्टिना मोक्तान हराइरहेको जनाइएको छ । प्रहरीले घाइते अभिषेक तामाङको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँंमा उपचारका लागि लगिएको जनाएको छ । बाँकी घाइतेको उद्धार भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।