४ महिना पछि अबरुद्ध सिधुवा-शुक्रबारे सडकमा यात्रु बहाक सवारी साधान सुचारु

धनकुटा खबर । ४ अघीदेखी अबरुद्ध भएको सिधुवा शुक्रबारे सडकमा यातायातका सवारी साधन सुचारु भए सँगै यात्रुहरुलाई सहजता बन्दै गएको छ ।

सडक सञ्चालनका लागी छथर गाँउपालिकाका प्रमुख सन्तोष तिगेलाको सकृयता सँगै स्थानीय बजारबासीहरुको जनश्रमदानमा आजदेखी यात्रुबाहक सवारी साधानहरु सञ्चालनमा आएको छथर गाँउपालिकाले जनाएको छ । अबिरल बर्षाको कारण करिब महिना यता अबरुद्ध भएको सिधुवा सुक्रबारे सडक खण्डमा मर्मत कार्यका लागी ३ दिन सम्म स्थानीयहरुको श्रमदान र स्काभेटरको प्रयोग गरी सडकमा सवारी साधान सञ्चालन सुचारु गरीएको प्रबक्ता राजन नेपालीले बताउनु भयो ।

त्यस्तै छथरको ओख्रे र शनिश्चरे बजारमा पनि सवारी साधान सञ्चालनका लागी तिब्र रुपमा सडक मर्मत कार्य भई रहेको प्रमुख तिगेलाले बताउनु भयो । यातायातका सवारी साधनहरु सञ्चालनमा पुन आउन थाले सँगै यात्रुहरुलाई यात्रा गर्न सहजता बन्दै गएको सुक्रबारे बस काउण्टरका प्रमुख उदयदिप सम्बाहाम्फे बताउनु भयो । बर्षाका कारण सडक भत्कीनुका साथै प्राय सडकको धैरै ठाँउहरुमा खल्डाखुल्डी भएका कारण यात्रु बाहक सवारी साधनहरु सञ्चालनमा समस्या हुँदै आएको सडकमा पुन सञ्चालनमा आए पछि यात्रुहरुलाई सहजता बन्दै गएको स्थानीयहरुले बताएका छन । कोशी राजमार्ग सँगै जोडीएको सिधुवा सुक्रबारे ९ किलोमिटर सडक अबरुद्ध भए सँगै तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाँउपालिका सँगै पान्थर र धनकुटा जिल्लाका यात्रुहरुले फैदल यात्रा गर्नु पर्ने बाध्यता बन्दै गएको थियो ।

यात्रुहरुलाई यात्रामा असहजता सँगै यस क्षेत्रमा स्थानीयहरुले उत्पादन गरेको कृषीजन्य सामाग्रीहरुका साथै दुधजन्य पदार्थ समेत ढुवानीमा समस्या हुँदा दिनप्रदिन लाखौको क्षती भोग्नु परेको जलकन्या पशुपालन तथा कृषक सहकारी संस्थाका अध्यक्ष डम्बर भट्राईले बताउनु भयो । सडक स्तरउन्नतीका लागी ठेक्का पाएको वाईपी कन्स्ट्रसनले मर्मत कार्य बिचैमा छोडी बेपत्ता भए पछि छथर गाँउपालिकाको नबनिर्वाचित प्रमुख तिगेलाको सकृयता सडक मर्मत पाएको कन्स्ट्रसनलाई १५ दिने अल्टीमेटम दिएका थिए । सडक मर्मत तथा बिस्तारका लागी बर्षेनी रकम बिनीयोजन भएपनी सामान्य मर्मतमा सिमित बन्दै आएको यो सडक स्तरउन्नतीका लागी कन्स्ट्रसनले ठेक्का पाए सँगै यस क्षेत्रका स्थानीहरुले सडक बन्ने आशा लिएको स्थानीयहरुले बताउने गरेका छन । सडक बन्ने आशा लिएको पनी बन्दैन की भन्ने चिन्ता बढेको छ ।

ठेक्का पाएको ठेकेदारको बैमानी देख्दा गाँउपालिकाको चासोले यसो बाटो बनाउन त सुरु गरेको छ बनाई हाल्छ की भन्न पनि सकिने अबश्था नरहेको सरोकारवालाले बताउने गरेका छन ।

३ दशक पहिले ट्याक खोलीको सिधुवा सुक्रबारे सडक बर्षा सुरु भए सँगै यस क्षेत्रका यात्रुहरु सँगै यहाँका स्थानीयहरुले उत्पादन गरेको कृषीजन्य तथा दुग्धजन्य सामाग्री ढुवानीमा समस्या हुँदा लाखौ बराबर क्षती भाग्दै आउनु पर्ने बाध्यता रहँदै आएको छ ।

तेह्रथुमको पश्चिमी क्षेत्रमा रहेको यस क्षेत्रमा हलुका तथा यात्रु बाहक सवारी साधान सञ्चालनमा आउन नसक्दा यहाँका स्थानीयहरुले फैदल ४ घण्टाको बाटो यात्रा गर्नेको साथै बिरामीहरुलाई स्टेचरमा बोकेर सिधुवा बजारमा सम्म पुर्याउनु पर्ने अबश्था रहँदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖