इटहरीको बिहीबारे बजारमा आगलागी, ४० लाख बढी क्षति

इटहरी । इटहरी उपमहानगरपालिका–२० तरहराको बिहीबारे बजार क्षेत्रमा आगलागी हुँदा ४० लाख रूपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ ।

गएराती बिहानीपख भएको आगलागी हुँदा तीन वटा घरमा रहेका सो मूल्य बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरी चौकी तरहराका प्रहरी नायब निरीक्षक पहल कट्वालका अनुसार दीपक गुप्ताको पसलसमेत रहेको घरबाट शुरु भएको आगलागीमा परेर गुप्ताको घरसँगै जोडिएको सुमन गिरी र चक्रबहादुर राईको घरमासमेत नोक्सानी पुगेको छ ।

फलफूल पसल भएको स्थानमा बालेको बत्तीबाट आगो लागेको हुन सक्ने आशंका गरिएको छ । आगलागीमा सबैभन्दा बढी गुप्ताको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

इटहरी, धरान र इनरुवाबाट आएको बारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासी समेतको सक्रियतमा दुई घण्टापछि आगो नियन्त्रण लिएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।