प्रताप दासको बारेमा रहस्य खोल्दै दिदी पवित्रा ले लेखिन यस्तो चिठ्ठी !

काठमाडौं। नेपाल आइडलका चर्चित प्रतिस्पर्धी हुन् प्रताप दास । प्रेम गीत २ को चर्चित गीत मोटरसाईकलमा समेत गाएर चर्चामा रहेका दास नेपाल आइडलको टप फोरमा सुरक्षीत रहेका बेला उनकी दिदी पवित्रा दासले लेखेको चिठी यतिबेला चर्चामा रहेको छ ।

पवित्राले आफ्ना भाईलाई लेखेको चिठीमा भाई सानो हुँदाका पलको स्मरण गर्दै भनेकी छिन् भाई तिमी सानो हुँदा तिमी चकलेट देखाउँदै माग्ने गर्थ्यौ, । दिदी चकलेट । पैसा हुदैनथियो गोजीमा म भोलि भन्थेँ ।

माटोको भाडाकुटी खेल्दै म भुलाउने गर्थे । तिमी तोते स्वरमा गाउँदै मलाई भोलिको लागि फकाउने गर्थ्यौ । तर अहिले तिमी हाम्रो परिवारको मात्रै नभएर सारा देशको प्रतिभा बन्न सफल भएका छौ भन्दै दिदी पवित्राले उनलाई हौस्याउँदै देशभरका नेपालीलाई भोट गर्न आग्रह गरेकी छिन् ।

यस्तो छ दिदी पवित्राले भाई प्रतापलाई लेखेको चिठी

भाई प्रताप, सानो हुँदा तिमी चकलेट देखाउँदै माग्ने गर्थ्यौ, । दिदी चकलेट । पैसा हुदैनथियो गोजीमा म भोलि भन्थेँ । माटोको भाडाकुटी खेल्दै म भुलाउने गर्थे । तिमी तोते स्वरमा गाउँदै मलाई भोलिको लागि फकाउने गर्थ्यौ ।

भोलि फेरी म अर्को भोलिको बहाना गर्थेँ । रित चल्दै गयो तिमी गाउँदै गयौ । समय कति छिटो बितेछ । तिमी ‘नेपाल आइडल’ जस्तो हाम्रो कल्पना भन्दा धेरै ठुलो मन्चमा पुगेछौ । सम्भव हुने थिएन यदि खाडीमा बेल्चा र गैती हान्दै रगतको पसिना बगाउने आदरणीय दाजुभाइ दिदी बहिनीको माया आशिर्वाद नभएको भए । विदेशी भुमिमा रगत बगाउने तिम्रा शुभचिन्तकको माया र आशिर्वाद नभएको भए । सम्भव हुने थिएन स्वदेशमा परिवार आफन्त साथीभाई, दाजुभाई दिदी बहिनी र सम्पूर्ण शुभचिन्तकको माया आशिर्वाद नभएको भए ।

भाई तिमीले त्यो पसिनाको मान राख्नु पर्छ । त्यो आशिर्वाद मायाको मान राख्नु पर्छ । तिम्रो लागि दिनरात नभनी खट्ने सबैको मान राख्नुपर्छ । अब नेपाल आइडल तिम्रो मात्र सपना रहेन । यो सपना त्यो पसिनाको हो । त्यो खुनको हो । अनि त्यो मायाको हो । त्यो आशिर्वादको हो । तिमी आइडल बन्नु पर्छ । बस तिमी आइडल बन्नु पर्छ । तत्पश्चात म तिम्रो चकलेट को डिमाण्ड भोलि होइन आजै पुरा गर्नेछु ल । मलाई माफ गर त्यो बचपनको ‘भोलि वाला’ चकलेटका लागि !

दिदी
पवित्रा दास



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।