स्वदेश फर्केपछि देउवाले एयरपोर्टमा के भने ?

काठमाडौँ, १२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई आज स्वदेश फर्कनुभएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको सो महासभा सकिएपछि प्रधानमन्त्री देउवा ओमनको औपचारिक भ्रमण समेत पुरा गरी आज अबुधावी हुँदै स्वदेश फर्कनुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, मन्त्रीगण, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख र उच्च पदस्थकर्मचारीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री देउवालाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो ।

स्वदेश फर्केपछि विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले महासभालाई सम्बोधनका क्रममा नेपालको नयाँ संविधान, हालै सम्पन्न स्थानीय तहको निर्वाचनलगायतका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराएको, नेपाल राष्ट्रसंघको उद्देश्यहरु परिपूर्तिमा प्रतिबद्ध रहेको, विश्व शान्ति र आतंकवाद नियन्त्रण गर्न ऐक्यबद्ध भएको बताउनुयभो ।

यसैगरी उहाँले राष्ट्रसंघमा साना मुलुकको भूमिकाका विषयमा पनि आफूले परिचर्चा गरेको जनाउँदै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहँदा सार्क राष्ट्र र विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा समकक्षीसँग गरेको भेटवार्ता उपलब्धिमूलक रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाल सार्कको अध्यक्ष मुलुकसमेत रहेको नाताले १९ औँ सार्क शिखर सम्मेलन गराउने विषयमा त्यहाँ उपलब्ध सार्क मुलुकका परराष्ट्र मन्त्रीहरुको अनौपचारिक बैठक समेत भएको बताउनुभयो ।

राष्ट्र संघको शान्ति स्थापनाको लक्ष्यमा शान्ति सेनाको भूमिका थप प्रभावकारी बनाउन तथा काभ्रेको पाँचखालस्थित सैनिक तालीम केन्द्रलाई क्षमता वृद्धि गर्न कुराकानी भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आफ्नो ओमानको औपचारिक भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप प्रगाढ भएको र त्यहाँस्थित नेपाली श्रमिकहरुको श्रम शोषण अन्त्यका लागि विशेष पहल गरिने बताउनुभयो ।

चिकित्सकहरुको जारी हडतालका बारेमा पत्रकारद्वारा सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले उहाँहरुको माग सम्बोधन गर्न तथा चिकित्सकको सुरक्षाका लागि सरकार सदैव तयार रहेको तर स्वास्थ्य सेवामा हडतालका कार्यक्रम फिर्ता लिनुपर्ने प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्री महासभामा भागलिनका लागि यही असोज ३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।