ससुराली आएका २८ वर्षिय खत्री मृत फेला
दाङ, असोज १३ । दाङको रामपुरमा एक व्यक्ति मृत फेला परेका छन् । भारतबाट ससुरालीमा आएका अन्दाजी २८ वर्षिय मानबहादुर खत्री मृत फेला परेका हुन् ।

मृतकको ठेगाना खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको दाङका प्रहरी प्रमुख एसपि दुर्गा सिंहले जानकारी दिइन् ।
अत्याधिक मदिरा सेबनका कारण खत्रीको निधन भएको हुन सक्ने भन्दै हिजो राती खत्रीसंगै मदिरा सेवन गरेका एक जनालाई अनुसन्धान थालेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको दाङ खबरमा उल्लेख छ ।


