निर्वाचनपछि आपराधिक घटनामा वृद्धि, फेरि एकको हत्या

रौतहट । दुईदशकपश्चात् भएको स्थानीय निर्वाचनसँगै रौतहटमा आपराधिक घटनामा वृद्धि भएको छ । बिहीबार राति फेरि एकजनाको हत्या भएको छ । यो घटनासँगै निर्वाचनयता जिल्लामा हत्या हुनेको संख्या तीन पुुगेको छ । मौलापुुर नगरपालिकास्थित एकजना चिरान मिल धनीको गएराति हत्या भएको छ ।

मौलापुुर नपा–५ बजार छेउमा रहेको चिरान मिलका धनी चन्द्रपुुर नपा–१० बाल्चनपुुर बरेडवा घर भएका ४५ वर्षीय वीरेन्द्र साहको हत्या भएको प्रहरीले जनाएको छ ।

चिरान मिल छेउमा रहेको भागरित साहको घरको अगाडि सुुतिरहेको अवस्थामा वीरेन्द्र साह आज बिहान मृत फेला परेका हुन् ।

खाटमाथि झुुलभित्र सुुतिरहेका मृतक साहको टाउकामा अज्ञात मानिसले भाला प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिनुुभयो ।

प्रहरी उपरीक्षक पोखरेलका अनुुसार व्यक्तिगत रिसइबीका कारण साहको हत्या भएको प्रहरीको बुुझाइ छ ।

प्रहरीले केही मानिसलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुुसन्धान गरिरहेको पोखरेलले जानकारी दिनुुभयो ।

मृतक साहले मौलापुुर बजार छेउमा स्थापना गरेको चिरान मिल केही दिन अघिदेखि मात्र सञ्चालनमा आएको थियो ।

यसअघि परोहा नगरपालिकामा पराजित नेपाली काँग्रेसका वडा उम्मेदवारका छोरा स्वयव अक्बर र कटहरिया नगरपालिकाका राजपा कार्यकर्ता रामपुुकार यादवको हत्या भइसकेको छ ।

निर्वाचनपछि जिल्लामा चोरीका घटनासँगै ठाउँठाउँमा कुटपिटका घटनासमेत हुन थालेका छन् ।

गएराति कटहरिया नपा–५ बजारस्थित राजुु मोबाइल रिपेयरिङ सेन्टर पसलमा ढोका फोडेर ल्यापटप, मोबाइल गरी करिब रु एक लाख ५० हजार बराबरको चोरी भएको पसलधनी अमिन्दर यादवले बताउनुुभयो ।

त्यसैगरी, बुुधबार राति गरुडा बजारस्थित आयुुस्मान ट्रेडर्स पसलको ढोकाको ताला खोलेर चोर समूहले करिब रु १४ लाखको सामान चोरेर लगेका छन् ।

प्रहरीको लापर्बाहीले यत्रो ठूुलो चोरीको घटना भएको भन्दै पसलधनी पवन जयसवालसँगै स्थानीय व्यापारीले बिहीबार गौर, चन्द्रपुर सडकखण्डमा करिब पाँच घण्टा चक्काजाम गरेका थिए ।

प्रहरीले सुुरक्षामा सक्रियता बढाउने शर्तमा दिउँसो २ बजे बाटो खुुलाइएको इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक केशव रेग्मीले बताउनुुभएको छ ।

त्यसैगरी, गौर र गरुडामा दुुईवटा मोटरसाइकल पनि निर्वाचनपछि नै चोरी भएको जिप्रका रौतहटको तथ्यांकमा रहेको छ ।

स्थानीय निर्वाचनमा पराजित र बिजयी भएका कार्यकर्ताबीच पटक–पटक कुुटपिटका घटना पनि भइरहेका छन् ।

वृन्दावन नपा, कटहरिया, देवाही गोनाहीलगायत १८ स्थानीय तहका अधिकांश ठाउँमा कार्यकर्ताबीच भनाभन र कुुटपिटका घटना भइरहेको प्रहरीले जनाएको छ ।

प्रजिअ उद्धवबहादुुर थापाले सुुरक्षित वातावरणमा निर्वाचन सम्पन्न भएपश्चात् हार र जितलाई सबैले स्वाभाविक प्रक्रियाको रुपमा बुुझ्नुुपर्ने बताउनुुभयो ।

दशैँ तिहारमा सबै मानिस आफैँमा व्यस्त हुने भएकाले गस्तीलाई व्यापक बनाउन प्रहरीलाई निर्देशन दिइसकेको प्रजिअ थापाले जानकारी दिनुुभयो ।

जित हारलाई सबैले अंगिकार गरी संयमित रहन र चोरीका घटना हुन नदिन प्रहरीसँगै सबै जिल्लावासी सजग रहन प्रजिअ थापाले आग्रह गर्नुुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।