निर्वाचनलाई असल र सफल लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्छ : प्रमुख निर्वाचन आयुक्त डा यादव

काठमाडौँ, १३ असोज । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लामा रहेका कुल ७५३ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भएको सन्देश नेपाली जनतालाई दिन पाउँदा निर्वाचन आयोग गर्वको अनुभव गर्दछ भन्नुभएको छ ।

विजयादशमीका अवसर पारेर आज जारी गर्नुभएको सन्देशमा उहाँले भर्खरै सकिएको निर्वाचनलाई असल र सफल लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले तीन चरणमा भएको निर्वाचनबाट नेपालको संविधानअनुरुप स्थानीय तहका गाउँपालिका र नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्यको चयन भइसकेको छ भन्नुभयो ।

स्थानीय तह निर्वाचनबाट महिला, दलित र अल्पसङ्ख्यकको नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुगेको र महिलालगायत पिछडिएका वर्गका नागरिकको सशक्तीकरणका लागि मार्ग प्रशस्त भएको बताउँदै उहाँले भन्नुभयो, “प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गर्न हामी कार्यरत छौँ । त्यसको लगत्तै राष्ट्रियसभा सदस्यको निर्वाचन तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउनुपर्ने दायित्वसमेत आयोगसामु छ ।”

प्रमुख निर्वाचन आयुक्त डा यादवले देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीजनमा निर्वाचन आयोगका तर्फबाट सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना पनि व्यक्त गर्नुभएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।