अध्यक्ष केपी शर्मा ओलीले बाबुको हातबाट भन्दा पहिला राष्ट्रपति भण्डारीको हातबाट टीका लगाउने !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दशैंको टीका लगाइदिने भएकी छिन् । आज ११ः५५ को शुभ साइतमा राष्ट्रपतिबाट टीका ग्रहणका लागि ओली शीतल निवास पुग्ने कार्यक्रम रहेको छ ।

शीतल निवासमा टीकाटालो सकिएपछि उनले आफ्नो बाबुको हातबाट बालकोटमा टीका लगाउने कार्यक्रम रहेको बताइएको छ । राष्ट्रपति कार्यालयले सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम रहेको छ ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले भने यसवर्ष सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको र टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।